दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १, २०७४
|
|
४२ पटक हेरिएको
Shares
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव

सारांश

  • सोल, १ भदौ ।
  • दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता प्रस्ताव गरेको खबर छ ।
  • प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

सोल, १ भदौ । दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता प्रस्ताव गरेको खबर छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको हो । उहाँले यस विषयमा आफू तयार रहेको भन्दै कोरियाली प्रायद्वीपमा बढ्दो तनाव कम गर्नका लागि पनि अब वार्ता नै एक विकल्प रहेको बताउनुभएको हो ।

यसअघि गत महिनामात्र रेड क्रसको अन्तर्राष्ट्रिय समितिले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको थियो । त्यस समय पनि उहाँले सो वार्ताका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको थियो ।

तर सो प्रस्ताव हाल भने अघि बढ्न सकेको छैन । त्यसको महिनादिन पछि बिहीबार दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गनुर्भएको हो ।

बिहीबार राजधानी सोलमा राष्ट्रिय टेलिभिजनमा गर्नुभएको सम्बोधनमा उहाँले उत्तरसँग वार्ता गरेर कोरियाली प्रायद्वीपमा देखिएको समस्या हलगर्न सकिने प्रस्ताव गर्नुभएको बुझिएको छ ।

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेड क्रसले वार्ता गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै गत महिनामात्र पनि दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको थियो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा वार्तागर्न प्रस्ताव राखेको थियो । त्यस स्थानमा यसअघि पनि यी दुई देशबीच वार्ता हुने गरेको थियो ।

त्यस विषयमा पनि उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन । उसले दक्षिण कोरियासँग वार्ता गर्ने वा नगर्ने कुनै पनि विषयमा केही जवाफ दिएको छैन ।

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्ने उद्देश्यले सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली राष्ट्रपतिले बिहीबार गर्नुभएको प्रस्तावका बारेमा पनि उत्तरको जवाफ आउला वा के गर्ला भन्ने बारेमा पनि यसै भन्न सकिने अवस्था नरहेको बताइएको छ ।

सन् २०१५ को अक्टोबरपछि दुवै देशका तर्फबाट कुनै वार्ता भएको छैन । त्यसैगरी त्यसयता दुवै देशका तर्फबाट गर्ने गरिएको पारिवारिक पुनर्मिलनका पनि हुन सकिरहेको छैन । पारिवारिक पुनर्मिललनका लागि दक्षिण कोरियाली सरकारलाई नागरिकले दबाब दिइरहेका छन् ।

कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै जो जता परे त्यतै बस्नुपर्ने नियम बनेका कारण यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएका थिए ।

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिण कोरिया, अमेरिका तथा विश्व समुदायको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरू उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

राष्ट्रपति इनले आफ्नो कार्यकालको १०० दिनको अवसर पारेर सोलमा आयोजना गर्नुभएको पत्रकार सम्मेनलका क्रममा भन्नुभयो– कोरियाली प्रायद्वीपको तनाव कम गर्न शान्ति वार्ता नै एक विकल्प हो र वार्ता अरु कुनै पनि शर्तका आधारमा नभई शान्तिको शर्तमा मात्र हुनेछ ।

उहाँले बिगतका बर्षहरुका तुलनामा राम्रो र परिणाममुखी वार्ताका रुपमा अघि बढ्न आफू तयार रहेको धारणा पनि राख्नुभयो ।

उहाँले अहिलेको उत्तेजक व्यवहार तत्कालै स्थगित गरेर वार्ताको माध्यमबाट जस्तोसुकै समस्याको समाधान पनि गर्न सकिन्छ भन्ने हिसाबले लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले वार्ताका लागि वातावरण बनाउने काममा उत्तर कोरिया नै लाग्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो– अहिलेका लागि सबै छोडेर वार्ता नै उत्तम विकल्प हो, सबै कुरा छोडेर वार्तामा लाग्न म उत्तर कोरियालाई आग्रह गर्दछु ।

उहाँले गत महिना कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि अमेरिकाको भ्रमण गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता पनि उहाँले गर्नुभएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

The right way to Meet a Thai Girl
लुम्बिनीको बिनियोजन विधेयक पारित
लुम्बिनीको बिनियोजन विधेयक पारित
देउवाको ढंग पुगेन !, अब के गर्लान् ?
देउवाको ढंग पुगेन !, अब के गर्लान् ?
लागूऔषधसहित दुई पक्राउ
लागूऔषधसहित दुई पक्राउ
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए
खेलकुदको आवरणमा मेनपावरको गुप्त धन्दा
खेलकुदको आवरणमा मेनपावरको गुप्त धन्दा
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
वरिष्ठ सङ्गीतकार पोखरलेको निधन
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
भूकम्पपीडितको लगत संकलन गरिँदै
भूकम्पपीडितको लगत संकलन गरिँदै

तपाईंले छुटाउनुभयो कि?