मध्यरातमा गरियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
४३ पटक हेरिएको
Shares
मध्यरातमा गरियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि, हवाई इन्धनमा ५ रुपैयाँ बढ्यो

सारांश

  • काठमाडौं, माघ १९ ।
  • नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
  • आयल निगमले यसपटक सँगै यो बर्ष ४ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

काठमाडौं, माघ १९ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आयल निगमले यसपटक सँगै यो बर्ष ४ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

आयाल नियम सञ्चालक समितिले डिजेल, पेट्रोल, मटितेल र हवाइ इन्धनको मूल्य बढाएको हो ।

पेट्रोल लिटरमा एक रुपैयाँ बढेको छ भने डिजेल र मटितेलमा समान २–२ रुपैयाँ बृद्धि भएको आयल निगमले जनाएको छ । हवाई इन्धनमा ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य राति १२ बजेदेखि नै लागू भएको छ । नयाँ मूल्य सूचि अनुसार अब पेट्रोल लिटरको १०४ रूपैयाँ, डिजेल र मटितेलको एकै मुल्य ८३ रूपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?