किम जोङ-उन रेल चढेर चीन- ७ वर्षपछि किन पुगे!

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
किम जोङ-उन रेल चढेर चीन- ७ वर्षपछि किन पुगे!

सारांश

  • चिनियाँ राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाली नेता किम जङ अनसँग बेइजिङमा छलफल गरेका छन्।
  • चिनियाँ राजधानीमा उत्तर कोरियाली नेतृत्वसँग सम्बन्धित एउटा रेल देखिएपछि किम सात वर्षपछि पहिलो पटक विदेश भ्रमणमा गएको ठानिएको थियो।
  • संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले गर्न लागेको भनिएको वार्ताको अघि यो भ्रमण भएको हो।

चिनियाँ राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाली नेता किम जङ अनसँग बेइजिङमा छलफल गरेका छन्।

चिनियाँ राजधानीमा उत्तर कोरियाली नेतृत्वसँग सम्बन्धित एउटा रेल देखिएपछि किम सात वर्षपछि पहिलो पटक विदेश भ्रमणमा गएको ठानिएको थियो।

संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले गर्न लागेको भनिएको वार्ताको अघि यो भ्रमण भएको हो।

चीनले परम्परागत रुपमा नै प्योङयाङसँगका अन्तराष्ट्रिय वार्ताहरूको मध्यस्तता गर्दै आएको छ।

तर आगामी वार्ताहरूमा बेइजिङको भूमिका के हुन्छ भनेर प्रष्ट भइसकेको छैन्।

केही दिनको अडकलबाजीपछि चीनको सिन्हुवा समाचार संस्थाले उत्तर कोरियाली नेताले बेइजिङको भ्रमण गरेको पुष्टि गरेको हो।

यसअघि यसै हप्ताको सुरुमा जापानी सञ्चारमाध्यमहरूले एउटा विशेष रेलमा एक जना उच्च पदस्थ व्यक्तित्व चीन आइपुगेको विवरण प्रकाशन गरेका थिए।

सिन्हुवा समाचार संस्थाले राष्ट्रपति सी र किमबीचको भेटवार्तालाई ‘सफल’ भनेको छ।

सन् २०११ मा सत्ता सम्हालेयता यो किमको पहिलो विदेश भ्रमण हो।

– बिबिसीबाट

(www.sliderrevolution.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ramesh Wagle

    ट्रम्पलाई चुनाैति

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?