२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १३, २०७७
|
|
३८ पटक हेरिएको
Shares
२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर

सारांश

  • मलेशियाका पूर्व प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
  • उनीमाथि लाखौं डलर अनियमितताको अभियोग लागेकोमा अदालतले दोषी ठहर गरेको हो ।
  • विभिन्न सातवटा मुद्दा दायर भएकोमा सबैमा रजाक दोषी ठहर भएका छन् ।

मलेशियाका पूर्व प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनीमाथि लाखौं डलर अनियमितताको अभियोग लागेकोमा अदालतले दोषी ठहर गरेको हो ।

विभिन्न सातवटा मुद्दा दायर भएकोमा सबैमा रजाक दोषी ठहर भएका छन् । सन् २००९ देखि २०१८ बीच प्रधानमन्त्री बनेका उनीमाथि अनियमितताको अभियोग लागेको थियो । अब उनलाई २० वर्षसम्मको जेल सजाय हुनसक्नेछ । तर, उनले अदालतको फैसलाविरुद्ध अपिल गर्ने भएकाले त्यसको टुंगो नलागेसम्म जेल जानुपर्नेछैन ।

सन् २०१८ मा एक करोड ६० लाख डलर उनको बैंक खातामा पुगेको प्रकरणमा रजाक पक्राउ परेका थिए । प्रहरीले उनीबाट १४ सयवटा सिक्री, ५६७ हाते ब्याग, ४२३ वटा घडी, २२ सय वटा औंठी, पौने तीन करोड डलर पर्ने १४ वटा बहुमुल्य धातुको मुकुट बरामद गरेको थियो ।
विलासी जीवन बिताउने नेताको परिचय बनाएका रजाकले अकुत सम्पत्ति कमाएको पाइएपछि कारबाही बढाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रवासमा बसेर नेपाली संस्कृतिको पहिचान बनाउदै सुजाता काफ्ले, प्रवासमै बन्यो तीज गीतको भिडियो
प्रवासमा बसेर नेपाली संस्कृतिको पहिचान बनाउदै सुजाता काफ्ले, प्रवासमै बन्यो तीज गीतको भिडियो
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
विद्युत् चुहावट गर्ने नौ जना पक्राउ
विद्युत् चुहावट गर्ने नौ जना पक्राउ
वीर अस्पतालको नाममा रहेको ५० रोपनी जग्गा नै हरायो!
वीर अस्पतालको नाममा रहेको ५० रोपनी जग्गा नै हरायो!
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
जेल सुधार घर बन्न सकेन, बढ्दै अपराधी
जेल सुधार घर बन्न सकेन, बढ्दै अपराधी
यसरी बढाउनुहाेस घरेलु अाैषधिबाट अाफ्नाे याैन शक्ति !
कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत
कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत
काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु
काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु
अर्कैसँग लागेकी देउरानीद्वारा गर्भवती जेठानीको हत्या
अर्कैसँग लागेकी देउरानीद्वारा गर्भवती जेठानीको हत्या

तपाईंले छुटाउनुभयो कि?