शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका

सारांश

  • गर्मी मौसममा शरीरबाट पसिना आउनु स्वभाबिकै हो तर पसिनाले शरीरको काखी र खुट्टामा बढी दुर्गन्ध निम्त्याउँछ ।
  • जतिनै सफा भएपनि गर्मीका कारणले पसिना आउँछ र यसले मनिसलाई सताइरहेको हुन्छ ।
  • आउनुस् जानौ यसबाट बच्ने उपाय : १.

गर्मी मौसममा शरीरबाट पसिना आउनु स्वभाबिकै हो तर पसिनाले शरीरको काखी र खुट्टामा बढी दुर्गन्ध निम्त्याउँछ । जतिनै सफा भएपनि गर्मीका कारणले पसिना आउँछ र यसले मनिसलाई सताइरहेको हुन्छ ।

आउनुस् जानौ यसबाट बच्ने उपाय :

१. नीमको पात : नीमको पातले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ । यसले शरीरमा ब्याक्टेरिया फैलनबाट रोक्छ । नीमको पातलाई पनीमा उमालेर कपडाले छानेर नुहाउनाले शरीरको दुर्गन्ध हटाउँछ ।

२. कागतीको रस : कागतीले छालामा रहेको पीएच लेभललाई घटाँछ जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्छ । कागतीलाई आधा गरी काटेर काखीमुनी दल्ने गर्नाले पसिनाको दुर्गन्ध कम हुन्छ ।

३. गुलाब जल : गुलाब जलले पनि पसिनाको दुर्गन्ध हटाउनमा मद्दत गर्छ । यसलाई केही थोपा पानीमा मिसाएर नुहाउनाले शरीरमा लामो समयसम्म दुर्गन्ध आउनबाट रोक्छ ।

४. बेसन/चनाको पिठो : बेसन/चनाको पिठोलाई दहीमा मिसाएर नुहाउनु भन्दा अगाडि शरीरमा लगाउनु र १०/१५ मिनेट पछि त्यसलाई पखाल्ने गर्नाले शरीरको दुर्गन्ध हटाउन मद्दत गर्छ ।

५. मह : मह पनि एक औषधिको रुपमा प्रयोग हुने चीज हो । नुहाइसकेपछि पानीम एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिएको ठाउमा लगाउनाले दुन्र्गन्ध हट्छ ।

६. पुदिना : पुदिनाको पातलाई उमालेर पानीमा मिसाएर नुहाउनाले शरीरको ब्याक्टेरियालाई हटाउँछ जसले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साढे ३३ किलो सुन प्रकरण: यि एआईजी साबकाे पनि नाम लिए अभियुक्तले !
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु
आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त
‘कदम’मा राउटे समुदायका कुरा
‘कदम’मा राउटे समुदायका कुरा
नक्कली पत्रकार बनेर पाँचतारे होटलमा चोरी
नक्कली पत्रकार बनेर पाँचतारे होटलमा चोरी
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
आज फेरि बढ्यो सुनको मूल्य
आज फेरि बढ्यो सुनको मूल्य
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु
११ उपमहानगरमध्ये ६ वटाको नतिजा आयो, कसले कहाँ जित्यो

तपाईंले छुटाउनुभयो कि?