नायिका प्रति व्यंग गर्दा प्रकाश सुबेदीमाथि खनिए चलचित्रकर्मी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २५, २०७७
|
|
१९ पटक हेरिएको
Shares
नायिका प्रति व्यंग गर्दा प्रकाश सुबेदीमाथि खनिए चलचित्रकर्मी

सारांश

  • काठमाडौं, २५ साउन ।
  • विगत केही महिनादेखि कलाकारहरु एक पछि अर्को गर्दै विवादमा आइरहेका छन् ।
  • नायक राजेश हमालको विषयमा बोल्दा निर्देशक तथा हास्य कलाकार दिपाश्री निरौला, नायिका साम्राज्ञी शाहले सुरुमा आफुमाथि अन्याय भएको भन्दै अभिनेता भुवन केसीमाथि आरोप लगाउदा केसीले नै क्षतिपुर्ति माग्दै साम्राज्ञीमाथि अदालतमा मुद्दा दायर सम्म गरेका थिए ।

काठमाडौं, २५ साउन । विगत केही महिनादेखि कलाकारहरु एक पछि अर्को गर्दै विवादमा आइरहेका छन् । नायक राजेश हमालको विषयमा बोल्दा निर्देशक तथा हास्य कलाकार दिपाश्री निरौला, नायिका साम्राज्ञी शाहले सुरुमा आफुमाथि अन्याय भएको भन्दै अभिनेता भुवन केसीमाथि आरोप लगाउदा केसीले नै क्षतिपुर्ति माग्दै साम्राज्ञीमाथि अदालतमा मुद्दा दायर सम्म गरेका थिए ।

संचारकर्मी प्रकाश सुबेदीले एपिवान टेलिभिजनको कार्यक्रम रजटपटमा नेपाली नायिकाहरुलाई ‘दारा भएका नायिकाहरुलाई हामीले महानायिका बनाइदिनुपर्ने’ भनेपछि उनको चलचित्रकर्मीहरुले चर्को आलोचना गरेका छन् । यस विषयमा नायिका पुजा शर्माले सामाजिक सञ्जालमार्फत सुवेदीले बोलाएका तर आफू नगएको कारण स्पष्ट पारेकी छिन् । पुजाले प्रकाश सुवेदीले आफुमाथि तोकेरै गरेको आरोपको कडा आलोचना गर्दै कति चुप रहने ? कति सहने भन्दै लेखेकी छिन्, ‘हामी कलाकारहरु कहिले सम्म पालैपालो यस्तो अतिबादको सिकार भैरहने ? ’

कसैको पनि शारीरीक विषयलाई लिएर टेलिभजनको लोकप्रिय कार्यक्रममार्फत टिप्पणी हुनु गलत भन्दै कलाकारहरुले गुनासो र आलोचना गरीरहेका छन् । संचारकर्मीले आफ्नो कार्यक्रममा नायिकाहरु प्रति गरीएको कटाक्षको बारेमा नायिका ऋचा शर्माले लेखेकी छिन्, ‘कसैले हामीलाई महानायिका बनाउनु परेको छैन । ’ नायिकाहरुलाई सम्बोधन गर्दैै भनेकी छिन्, ‘चार दिनको चन्द्रमा र त्यसपछि औशी भन्छन्, तिनलाई हाँसेरै भनिदिनुस की दोष तिनको दृष्टिकोणमा छ, सिकाइदिनुस कि औशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाईदिनुहोस् चन्द्रमा आफ्नो दागबीच नै सुन्दर छ । ’

ऋचाले घमण्ड गर्नेहरुलाई लक्षित गर्दै लेखेकी छिन्, ‘जब –जब मान्छेले आफुलाई अंहकार र अभिमानको बाटो रोजेका छन्, ठुला ठुला मै हु भन्नेले पनि गद्दी छाड्नु परेको छ । ’

त्यस्तै नायिका केकी अधिकारीले पनि प्रकाश सुबेदीलाई जवाफ दिएकी दिदै लेखेकी छिन्, ‘पेशागत आयु दिर्घकालिन वा अल्पकालिन हुनसक्छ तर त्यसको आयु निर्धारण गर्नसक्ने हैसियत कसैको हुँदैन । जति नै लामो इतिहास भएपनि बेला बेलामा लागिरहने तीन मिनेटको ग्रहण, ग्रहण नै हुन्छ । दुई दिनकै भएपनि चाँदनीको पहिचान उज्यालो नै हुन्छ । ’

नायिका पुजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको विवाद फेरी सुरु भएको छ । केहि महिना अघि प्राइम टेलिभिजनका फिल्मी पत्रकार प्रकाश सुबेदीले नायिका पुजा शर्मालाई सोधेको प्रश्नमा उनले गलत उत्तर दिएपछि पुजाको निकै आलोचना भएको थियो । सुबेदी हाल भने प्राइम टेलिभिजनबाट एपिवान टेलिभिजनमा गएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?