जागिर खाँदा पाप लाग्छ भन्ने राउटेले पनि सुरु गरे जागिर

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
जागिर खाँदा पाप लाग्छ भन्ने राउटेले पनि सुरु गरे जागिर

सारांश

  • राउटेहरु स्पष्ट तीन मान्यता राख्छन् खेतीपाती नगर्ने, लेखपढ नलाग्ने र जागिर नखाने ।
  • आफ्नै मान्यताविपरित पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँच जना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन् ।
  • पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन् ।

राउटेहरु स्पष्ट तीन मान्यता राख्छन् खेतीपाती नगर्ने, लेखपढ नलाग्ने र जागिर नखाने । आफ्नै मान्यताविपरित पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँच जना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन् । पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन् ।

सुर्खेतको तेकबेँसी नगरपालिकामा बस्दै आएका राउटे समुदायका पूर्वमूखिया महिनबहादुरसहित अहिलेका मुखियाहरु सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाहीलाई दैलेखका सामाजिक सेवा केन्द्र (सोसेक)ले राउटे सामाजिक कार्यकर्ता पदमा जागिर दिएको हो ।

‘वनमा काठ काट्न पाइँदैन, जहान छोराछोरी पाल्न जागिर त खानै प-यो,’ नियुक्ति पत्र बुझेपछि महिनबहादुरले भने, ‘यो हाम्रा लागि रहर नभएर बाध्यता हो ।’ यो समाचार नागरिकमा नगेन्द्र उपाध्यायले लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?