दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ६, २०७७
|
|
६८ पटक हेरिएको
Shares
दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा

सारांश

  • दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ ।
  • कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।
  • सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ ।

दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।

सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ ।स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिएका हुन् ।

दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए । नयाँ थपिएका सङ्क्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।

सङ्क्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए । कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो । एपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संशोधन प्रस्ताव पास/फेल जे भएपनि हामी खेलको नियम मानेर निर्वाचनमा जान तयार छौं : यादव
संशोधन प्रस्ताव पास/फेल जे भएपनि हामी खेलको नियम मानेर निर्वाचनमा जान तयार छौं : यादव
एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित
एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
भेनेजुएला प्रकरणले ओली सरकार अप्ठ्यारोमा, राजदुत कार्की फिर्ता होलान् त ?
भेनेजुएला प्रकरणले ओली सरकार अप्ठ्यारोमा, राजदुत कार्की फिर्ता होलान् त ?
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, चटयाङबाट बच्न अनुराेध
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, चटयाङबाट बच्न अनुराेध
कांग्रेस रोल्पाद्वारा उम्मेदवार सिफारिस
कांग्रेस रोल्पाद्वारा उम्मेदवार सिफारिस
आगलागीबाट पाँच लाख बराबरको क्षति
आगलागीबाट पाँच लाख बराबरको क्षति
नाम जनता आवास, काम उठिबास
नाम जनता आवास, काम उठिबास
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै