संशोधन प्रस्ताव पास/फेल जे भएपनि हामी खेलको नियम मानेर निर्वाचनमा जान तयार छौं : यादव

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
६७ पटक हेरिएको
Shares
संशोधन प्रस्ताव पास/फेल जे भएपनि हामी खेलको नियम मानेर निर्वाचनमा जान तयार छौं : यादव

सारांश

  • काठमाडौं, १५ साउन ।
  • राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधन प्रस्तावलाई तत्काल निर्णयार्थ पेश गर्न माँग गरेका छन् ।
  • आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले उक्त प्रस्ताव निर्णयार्थ पेश गरे आफूहरु खेलको नियम मान्न तयार रहेको समेत स्पष्ट पारे ।

काठमाडौं, १५ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधन प्रस्तावलाई तत्काल निर्णयार्थ पेश गर्न माँग गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले उक्त प्रस्ताव निर्णयार्थ पेश गरे आफूहरु खेलको नियम मान्न तयार रहेको समेत स्पष्ट पारे । उनले भने,‘संशोधन प्रस्ताव तत्काल भोटिङमा लैजानुपर्छ, हामी परिणाम स्विकार गर्न तयार छौं, फुटबल खेलेपछि खेलको नियम हामी मान्छौं।’ यद्धपी उनले सरकारले यसको लागि गम्भिर पहल गर्नुपर्ने धारणा राखे ।

क्लबका सभापति ऋषि धमलाको सभातित्वमा आयोजित साक्षात्कारमा यादवले एक वर्षसम्म सरकारले आफूहरुलाई संशोधन गर्छु भनेर पटक पटक झुक्याएको र धोका दिएको आरोप लगाउँदै आक्रोश पोखे । उनले भने,‘सत्ताको लागि ३८८ संख्या पुर्याउन सक्ने, अनि संशोधन प्रस्ताव पारित गराउनको लागि दुई तिहाई पुर्याउन किन पहल नगरेको ? सरकारले अब गम्भिर भएर आफ्नो दायित्व पूरा गर्नुपर्छ।’

उनले सरकारले आफूहरुसँग् झुटो बोलेको गुनासो पोख्दै भने,‘अब पनि झुटो नबोल्नुहोस, नझुक्याउनुहोस, अहिले प्रस्ताव पास हुने स्थिति छ, सरकार यसमा बन्नुपर्छ, सकेसम्म पारित गराउ, होईन भनेर खेलको नियम मानेर हामी चुनावमा जान तयार छौं ।’

यसअघि सम्पन्न भएका स्थानीय तहका दुई चरणको निर्वाचनमा आफूहरुको पनि सहभागी हुने चाहना भएको तर सरकारले वातावरण नबनाई जबरजस्ती आफूहरुलाई बाहिर राखेको उनको आरोप थियो ।

उनले भने,‘हामीलाई चुनाव बाहिर राख्ने षडयन्त्र भएको छ, हामी पनि यो मुलुकको एउटा पक्ष हो, विगतमा उपेक्षा गरेर चुनाव गरियो, यो सरकारको गम्भिर गल्ती हो, अबपनि हामीलाई उपेक्षा गर्ने प्रयास गरियो भने मुलुकमा नयाँ द्धन्द्ध सिर्जना हुन्छ।’

यादवले राजपा चुनावमा सहभागी हुनको लागि सरकारले तत्काल परिणाम जे भएपनि संशोधन प्रस्ताव अघि बढाउनुपर्ने, राजनीतिक मुद्दाहरु फिर्ता लिनुपर्ने, सहिद घोषणा गर्नुपर्ने, स्थानीय तहको संख्या जनसंख्याको आधारमा थप गर्नुपर्ने बताए । उनले भने,‘हामी बिना जबरजस्ती चुनाव गराउन खोजिए, मुलुक ३० वर्षपछि धकेलिन्छ, संविधान कार्यान्वयन हुँदैन्, मुलुक नयाँ द्वन्द्वमा जान्छ, हामीलाई पनि निर्वाचनमा सहभागी हुने वातावरण बनाए हामी जहिलेपनि निर्वाचनमा सहभागी हुन तयार छौं, निर्वाचनबाट भाग्दैनौं।’

(woodlees.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले सरकार गठनमा किन अड्काए हलो ? यस्तो रहेछ कारण
प्रचण्डले सरकार गठनमा किन अड्काए हलो ? यस्तो रहेछ कारण
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
प्रधानमन्त्री ओलीलाई गुरुङको कटाक्ष, “यो राष्ट्रवाद हो कि लम्पसारवाद प्रमज्यू ?”
प्रधानमन्त्री ओलीलाई गुरुङको कटाक्ष, “यो राष्ट्रवाद हो कि लम्पसारवाद प्रमज्यू ?”
मुख्यमन्त्री रावलले दिए राजीनामा
मुख्यमन्त्री रावलले दिए राजीनामा
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्रीको आग्रह
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्रीको आग्रह
७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ
७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ
निर्मला हत्या प्रकरण : विशाला चौधरी रिहा, भन्छन् कुटपिटका डरले हत्या स्वीकारे
निर्मला हत्या प्रकरण : विशाला चौधरी रिहा, भन्छन् कुटपिटका डरले हत्या स्वीकारे
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत
सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की
सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की