एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित

सारांश

  • काठमाडौ १०,भदौ।
  • व्यवस्थापक हरु को लापरबाही ले गर्दा  दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका छन  इण्डोनेसियामा जारी १८औँ एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन् ।
  • नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरु खेल्नबाट वञ्चित भएका हुन् ।

काठमाडौ १०,भदौ।व्यवस्थापक हरु को लापरबाही ले गर्दा  दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका छन  इण्डोनेसियामा जारी १८औँ एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन् ।

नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरु खेल्नबाट वञ्चित भएका हुन् । महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका हुन् ।

यसअघि एसियाली खेलकूदमा विश्वरुपाले १० हजार मिटर र पाँच हजार मिटरमा तथा सोमबहादुरले चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा गर्ने भाग लिने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको थियो । दुबैले १-१- विधामा प्रतिस्पर्धा गर्न भने बाँकी नै रहेको  छ ।

एथ्लेटिक्सकी व्यवस्थापक शान्ति सिंहले विश्वरुपालाई रङ्गशालाभित्र पठाए पनि भाग लिन नपाएको बताइन् । यसअघि शनिबार सोमबहादुर कुमाल चारसय मिटर दौडमा भाग लिनबाट वञ्चित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?