स्वास्थ्य मापदण्ड पुरा नगर्ने सवारी साधनलाई कारवाही

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
३८ पटक हेरिएको
Shares
स्वास्थ्य मापदण्ड पुरा नगर्ने सवारी साधनलाई कारवाही

सारांश

  • कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै बिहिवारदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको र भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केको वा नछर्केको अनुगमन गरेको हो ।
  • महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोभिड–१९ बाट यात्रुमाथि हुने जोखिमलाई ध्यानमा राखेर उपत्यकाका मुख्य बसपार्क र भीडभाड हुने क्षेत्रमा अनुगमनलाई तीव्र पारेको जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै बिहिवारदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको र भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केको वा नछर्केको अनुगमन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोभिड–१९ बाट यात्रुमाथि हुने जोखिमलाई ध्यानमा राखेर उपत्यकाका मुख्य बसपार्क र भीडभाड हुने क्षेत्रमा अनुगमनलाई तीव्र पारेको जानकारी दिए । महाशाखाले हिजो मात्र स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई कारबाही गरेको छ । महाशाखाले सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरे वा तोकिएको भन्दा बढी भाडा लिए ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता
कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता
आज उपत्यकामा तीन जना संक्रमित थपिए, ५८ जना कोरोना परास्त गर्ने सफल
आज उपत्यकामा तीन जना संक्रमित थपिए, ५८ जना कोरोना परास्त गर्ने सफल
प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक
प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
चुनौति र अवसर दुवैलाई अबको सरकारले सामना गर्नुपर्छ : प्रचण्ड
मन्त्रिपरिषद्को बैठक : पहिलो प्राथमिकता संविधान कार्यान्वयन
देशैभर कांग्रेसको विरोध हुँदा देउबा किन गायव ?
देशैभर कांग्रेसको विरोध हुँदा देउबा किन गायव ?
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत

तपाईंले छुटाउनुभयो कि?