नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १, २०७७
|
|
२२ पटक हेरिएको
Shares
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आज बस्दैछ ।
  • नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने तय भएको बैठकमा आज सरकारले हिजो ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे बहस हुने भएको छ ।
  • नेकपाभित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत स्थायी कमिटी सदस्यहरु अध्यादेशको विपक्षमा छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने तय भएको बैठकमा आज सरकारले हिजो ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे बहस हुने भएको छ ।

नेकपाभित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत स्थायी कमिटी सदस्यहरु अध्यादेशको विपक्षमा छन् । आज यसबारे समेत स्थायी कमिटीले निर्णय लिने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने या नहुने टुंगो छैन । सरकारले अध्यादेश ल्याएर जारी भइसकेकोमा त्यसलाई फिर्ता गर्न नेकपाभित्रबाट माग भइरहेको छ । आजको बैठकले त्यसबारे निर्णय लिने बुझिएको छ । बहुमत सदस्य अध्यादेशको विपक्षमा भएकाले फिर्ता गर्न आग्रह गरिने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?