सरकारले साउन १ देखि विदेशमा रहेका नेपालीलाई कोषमा समेट्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सरकारले साउन १ देखि विदेशमा रहेका नेपालीलाई कोषमा समेट्दै

सारांश

  • काठमाडौं ।
  • सरकारले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा तथा सञ्चयकोषमा समेट्ने तयारी थालेको छ ।
  • विदेशमा रहेका नेपालीलाई सञ्चयकोषमा समेट्ने सम्बन्धमा अध्ययन तथा सुझाव दिन बनेको सरकारी कार्यदलले यस्तो सिफारिस गरेको हो ।

काठमाडौं । सरकारले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा तथा सञ्चयकोषमा समेट्ने तयारी थालेको छ ।

विदेशमा रहेका नेपालीलाई सञ्चयकोषमा समेट्ने सम्बन्धमा अध्ययन तथा सुझाव दिन बनेको सरकारी कार्यदलले यस्तो सिफारिस गरेको हो ।

आगामी आर्थिक वर्ष शुरु हुने साउन १ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली सञ्चय कोषमा आबद्ध हुनसक्नेगरी व्यवस्था गर्न प्रतिवेदन बुझाइएको छ । रोजगारीका लागि विभिन्न देशमा रहेका नेपालीलाई समेटेनले गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई बुझाइएको थियो ।

प्रतिवेदन बुझ्दै मन्त्री विष्टले गैरआवासीय नेपालीलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन कार्यक्रम ल्याइने बताए । उमेर छउन्जेल विदेशमा पसिना बगाउने, उमेर ढल्किएपछि स्वदेश फर्किनेलाई सुरक्षाको प्रत्याभूति दिन सरकारले सञ्चयकोष तथा सामाजिक सुरक्षा कार्यक्रम ल्याएको बताइएको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई कोषमा आबद्ध गराउन सिफारिस गरिएको छ । दोस्रो चरणमा विदेशमा व्यापार गर्ने नेपाली र तेस्रो चरणमा गैरआवासीय नेपालीलाई समेट्न सकिने प्रस्तावसहित सिफारिस गरिएको बताइएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन) ले विदेशमा रहेका नेपालीहरुलाई सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको योजनाको स्वागत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?