भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ५, २०७८
|
|
३७ पटक हेरिएको
Shares
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

सारांश

  • जिल्लामा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
  • नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
  • उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो ।

जिल्लामा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो । गत चैत ३१ गते कोरोना सङ्क्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७ः४० बजे उनको मृत्यु भएको हो ।

भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ । गत चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९ः३० बजे मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए ।

बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जनाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनको परिणामपछि नेकपाभित्र व्यापक असन्तुष्टि
उपनिर्वाचनको परिणामपछि नेकपाभित्र व्यापक असन्तुष्टि
कागजी युगमै पर्यटन बोर्ड
कागजी युगमै पर्यटन बोर्ड
ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी
ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी
सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त  ?
सुहागरातका दिन श्रीमानले श्रीमतीको घुम्टो खोलेर काखमा लिनखोज्दा श्रीमानको सातो किन गयो त ?
बालिका बलात्कार प्रकरण : पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति
बालिका बलात्कार प्रकरण : पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति
काठमाडौं महानगरपलिकाको ,महिनामा  खाजा, बैठक भत्ता र सवारीमा मात्रै रु ४० लाख बढी खर्च  !
काठमाडौं महानगरपलिकाको ,महिनामा खाजा, बैठक भत्ता र सवारीमा मात्रै रु ४० लाख बढी खर्च !
मन्त्रीद्वारा अस्पतालमा छड्के
मन्त्रीद्वारा अस्पतालमा छड्के
कम्युनिष्ट सरकारले जेष्ठ नागरिकको छोराछोरीले सरह सेवा गरेको छ : भट्टराई
कम्युनिष्ट सरकारले जेष्ठ नागरिकको छोराछोरीले सरह सेवा गरेको छ : भट्टराई
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ

तपाईंले छुटाउनुभयो कि?