बाँकेमा कोरोनाका कारण थप दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १३, २०७७
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ ।
  • नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, इको विभागमा कार्यरत ४१ वर्षीय पुरुष निमोनियाबाट ग्रसित हुनुहुन्थ्यो ।

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, इको विभागमा कार्यरत ४१ वर्षीय पुरुष निमोनियाबाट ग्रसित हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरी रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा आज बिहान ३ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।
शिक्षण अस्पताल कोहलपुरमै उपचाररत कोरोना सङ्क्रमित कोहलपुर– १० निवासी ५३ वर्षीय पुरुषको पनि उपचारकै क्रममा आज बिहान ४ः१५ बजे अस्पतालमै मृत्यु भएको हो । उहाँ पनि निमोनियाबाट ग्रसित रहेको र स्वास्थ्यमा समस्या देखिएपछि असोज ४ गते अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वाब परीक्षण गर्दा असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरी रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको थियो ।
तिनको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार बिरूद्ध उदयपुर मुस्लिम सँघको प्रदर्शन !
सरकार बिरूद्ध उदयपुर मुस्लिम सँघको प्रदर्शन !
रोल्पामा बर्षामान पुन जिततर्फ लम्कँदै, १३ हजार मतले अघि
रोल्पामा बर्षामान पुन जिततर्फ लम्कँदै, १३ हजार मतले अघि
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
मात्रिका यादवको प्रश्न : हामीलाई यस्तो मोजमस्ती छ, कसले पार्टी फुटाउँछ ?
मात्रिका यादवको प्रश्न : हामीलाई यस्तो मोजमस्ती छ, कसले पार्टी फुटाउँछ ?
नयाँ वर्षअघि उपत्यकामा मेलम्ची पानी कति सम्भव, कति असम्भव ?
नयाँ वर्षअघि उपत्यकामा मेलम्ची पानी कति सम्भव, कति असम्भव ?
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
बढि शुल्क लिने मेडिकल सञ्चालकलाई पक्रन तयारी अवस्थामा प्रहरी
बढि शुल्क लिने मेडिकल सञ्चालकलाई पक्रन तयारी अवस्थामा प्रहरी
विहान ६ बजे सम्म बागलुङको  निर्वाचन मगणना अपडेट
विहान ६ बजे सम्म बागलुङको निर्वाचन मगणना अपडेट
बजेट कठिन परिवेशमा आएको छ  : अर्थमन्त्री डा महत
बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री डा महत
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?