डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न चारवटा कम्पनीलाई नमूना पर्खाल निर्माण गर्न छनौट गरिएको छ ।
  • अमेरिकी कस्टम तथा सीमा सुरक्षा (सिबिपी)ले यसबारे जानकारी दिएको हो ।
  • चारवटा कङ्क्रिट नमूना ३० फिट लामो र ३० फिट अग्लो हुने र अगामी महिनाभित्र निर्माण हुने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न चारवटा कम्पनीलाई नमूना पर्खाल निर्माण गर्न छनौट गरिएको छ । अमेरिकी कस्टम तथा सीमा सुरक्षा (सिबिपी)ले यसबारे जानकारी दिएको हो ।

चारवटा कङ्क्रिट नमूना ३० फिट लामो र ३० फिट अग्लो हुने र अगामी महिनाभित्र निर्माण हुने बताइएको छ ।

निर्माण भएपछि सिबिपीले दुई महिनासम्म पर्खालको परिक्षण गर्ने जानकारी दिएको छ ।

चारवटा कम्पनी प्रत्येकलाई ५ लाख डलर बराबरको कन्ट्रायक्ट दिइएको उल्लेख गरिएको छ ।

राष्ट्रपति ट्रम्पले चुनावी अभियानको क्रममा अमेरिकाको दक्षिणी सीमामा पर्खाल बनाउने वाचा गरेका थिए ।

सिबिपीका डेप्युटी कमिस्नर रोनाल्ड भिटिएलोले यो नमूनाले पर्खालको मापदण्ड निर्धारण गर्न सहयोग पुग्ने बताए ।

उनले पर्खाल कसैले तोड्न नसकोस् भनेर स–साना हतियारको प्रयोग गरेर परिक्षण गर्ने पनि बताए ।

पर्खालमा सेन्सर र क्यामरा पनि जडान भएको हुनुपर्ने बताइएको छ ।

केही हप्ताभित्र पर्खालको निर्माण गर्ने निर्देशन जारी गरेपछि ३० दिनभित्र उक्त पर्खाल निर्माण भइसक्ने बताइएको छ ।

यस्तो करार प्राप्त गर्ने कम्पनीहरुमा अलाबामाको काडेल कन्सट्रक्सन, एरिजोनाको फिसर इन्डस्ट्रिज, टेक्सास स्टर्लिङ कन्सट्रक्स र मिसिस्सिपीको डब्लुजी येटस् एण्ड सन्स कन्सट्रक्सन रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता
रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता
नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने विदेशमन्त्री सुष्माको जवाफ
नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने विदेशमन्त्री सुष्माको जवाफ
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
प्रदेश भीआईपी सुरक्षामा ३ अर्ब बढी थप खर्च !
प्रदेश भीआईपी सुरक्षामा ३ अर्ब बढी थप खर्च !
कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि जारीः निष्कर्षमा पुग्न हम्मे हम्मे
कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि जारीः निष्कर्षमा पुग्न हम्मे हम्मे
कांग्रेस नेता प्रदीप गिरिको निधन
कांग्रेस नेता प्रदीप गिरिको निधन
मन्त्रिपरिषद् बैठक सुरु,  यी महत्वपूर्ण विषयमा निर्णय गर्ने
मन्त्रिपरिषद् बैठक सुरु, यी महत्वपूर्ण विषयमा निर्णय गर्ने
तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई
तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
बाँकेमा बाम गठबन्धनका खरेल प्रदेशसभा १ (क) बाट विजयी
बाँकेमा बाम गठबन्धनका खरेल प्रदेशसभा १ (क) बाट विजयी

तपाईंले छुटाउनुभयो कि?