हेलिकोप्टरबाट उद्धारपछि जन्मिए जुम्ल्याहा शिशु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
हेलिकोप्टरबाट उद्धारपछि जन्मिए जुम्ल्याहा शिशु

सारांश

  • गोरखा : तीनदिनदेखि सुत्केरी बेथाले च्यापेकी सुत्केरीलाई आइतवार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
  • गोरखाको दुर्गम लाप्राककी २४ बर्षकी मायाँ गुरुङको साँझ एभरेष्ट कम्पनीको हेलिकोप्टरबाट उद्धार गरेर काठमाण्डौंको त्रिभुवन शिक्षण अस्पतालमा पुरयाइएको स्थानीय श्रीबहादुर गुरुङले जानकारी दिनुभयो ।
  • गुरुङले साँझ छ बजे जुम्ल्याहा शिशु जन्माउनु भएको छ ।

गोरखा : तीनदिनदेखि सुत्केरी बेथाले च्यापेकी सुत्केरीलाई आइतवार हेलिकोप्टरबाट उद्धार गरिएको छ । गोरखाको दुर्गम लाप्राककी २४ बर्षकी मायाँ गुरुङको साँझ एभरेष्ट कम्पनीको हेलिकोप्टरबाट उद्धार गरेर काठमाण्डौंको त्रिभुवन शिक्षण अस्पतालमा पुरयाइएको स्थानीय श्रीबहादुर गुरुङले जानकारी दिनुभयो ।

गुरुङले साँझ छ बजे जुम्ल्याहा शिशु जन्माउनु भएको छ । गोरखाको ग्रामीण भेगमा घरमै सुत्केरी गराउने गरिन्छ । स्थानीयका अनुसार लाप्राकमा प्रशुती सेवा छैन । शुक्रबारदेखि सुत्केरी बेथा लागेकी गुरुङ पनि घरमै सुत्केरी गराउने तयारीमा हुनुहुन्थ्यो ।
‘जुम्ल्याहा रहेछ र तीनदिनसम्म सुत्केरी हुन सकेन’ श्रीबहादुरले भन्नुभयो ‘आज(आइतबार) बारपाक लैजाने भनेर बोकेर गएको मम्चेडाँडा पुगेपछि साह्रै च्याप्यो । अनि ओह्रालो झार्नै नसकेपछि काठमाडौंको आफन्तलाई संम्पर्क गरेर हेलिकोप्टर बोलाएको हो ।’ मौसम प्रतिकूल भएकाले हेलिकोप्टर ल्याण्ड गर्न समस्या भएको उहाँले बताउनु भयो ।
‘दिनभरी पानी प¥यो । डाँडाकाँडा सबैतिर कुहिरोले धुम्म थियो । लाप्राकमा, बारपाकमा ल्याण्ड गर्न हेलिकोप्टर ल्याण्ड गर्न नसकेर फर्केर बालुवा आइपुगेको थियो’ उहाँले भन्नुभयो ‘फेरि फर्काएर एकफेर बारपाकमा अर्कोफेर मम्चेडाँडामा ल्याड गरेर उद्धार गरिएको हो ।’ एकघण्टाभित्र अस्पताल नपु¥याएको भए खतरा हुनसक्ने डाक्टरले सुनाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?