केराबाट मःमः देखि सोमोसासम्म

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
३९ पटक हेरिएको
Shares
केराबाट मःमः देखि सोमोसासम्म

सारांश

  • सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ ।
  • केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् ।
  • इलामको रोङ गाउँपालिका–६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बिक्री वितरण गरिरहनुभएको छ ।

सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् ।
इलामको रोङ गाउँपालिका–६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बिक्री वितरण गरिरहनुभएको छ । गाउँपालिकाको सहयोगमा कैलालीमा गएर तालीम लिएर फर्किएका राईले गाउँमै उत्पादित केराबाट मःमः, समोसा, मिटवल, चिप्स, निम्की, जुस, वाइन, कपौडा, खीर, अचार, तरकारीलगायत परिकार बजारमा पठाउन थाल्नुभएको छ ।
हाल बजारमा केराको परिकार ग्राहकले कत्तिको मन पराउँछन् भनेर विभिन्न मेला र महोत्सवसमेत आयोजना गरिसक्नुभएका राईले अब केराको मात्र परिकार बनाउने गरी रु पाँच लाखको लगानीमा गाउँमै रेष्टुरेन्ट सञ्चालनको तयारी गर्नुुभएको छ । “एकपटक आएका ग्राहक फेरि फर्किएर आइरहेका छन्, पक्कै मन पराएरै उनीहरु आएको हुनुपर्छ ।”, उहाँले भन्नुभयो । सलकपुरका भारतीय ग्राहक पनि आउने गर्छन् ।

अहिले बजारमा केराको राम्रै माग छ । कुनै परिकार निर्माण नगर्दा पनि राम्रै मूल्यमा बिक्री हुने केराबाट परिकारसमेत बनाउन थालेपछि अझ यसको भाउ बढ्न सक्छ । राईले उत्पादन गरेका केराका परिकार जारी प्रथम सूर्योदय नगर पर्यटन महोत्सवमा छ । यही मङ्सिर १४ गतेदेखि १८ गतेसम्म चल्ने महोत्सवमा आउने पर्यटकले केराका विभिन्न परिकार खाने तथा कोशेलीको रुपमा लैजानेसमेत गर्नुभएको छ । महोत्सवमा घुम्न आउनुभएका झापाका दिपीन राईले केराबाट निर्मित परिकार गुणस्तरीय, सफा र राम्रो भएको बताउनुभयो ।

केरा मानिसको शरीरलाई आवश्यक र पौष्टिक आहारको रूपमा लिइन्छ । केरामा पाइने भिटामिन सी, भिटामिन बी सिक्स, म्यागनिज, पोटासियम, फाइबर र बायोटिनजस्ता तत्व शरीरका लागि जरुरी पोषकको रूपमा लिइन्छ । यस्ता तत्वले शरीरलाई आवश्यक क्यालोरी प्रदान गर्दै तौल बढाउन सहयोग पु¥याउने विज्ञहरुको भनाइ छ । आवश्यकभन्दा बढी केरा खाएमा त्यसमा पाइने क्यालोरीले तौल बढाउन सक्ने भन्दै बढी तौल भएकाले धेरै केरा खान हुँदैन ।

चिप्स बनाउने तरिका

केराबाट आलुको जस्तै चिप्स पनि निर्माण गर्न सकिन्छ । यसबाट निर्माण गरिएको चिप्सलाई ‘बनाना चिप्स’ भन्ने गरिएको छ । बनाना चिप्स अङ्ग्रेजी नाम मात्र हो । यसलाई बनाउन काँचो केरालाई ताछेर काट्नुपर्छ । काटिएको केरालाई तेलमा फ्राइ गरेर मसलासहितको नुन राखेर चिप्स निर्माण गर्न सकिन्छ, धेरैले यसलाई मन पराउने गरेका छन् । एकपटक खाएको केराको चिप्स खाएकाले पटक–पटक यसकै माग गर्ने गरेका छन् । चिप्समा केराको बास्ना आउने भएकाले पनि अनौठो स्वादका रूपमा यसलाई लिने गरिन्छ ।

(https://firework.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया
निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया
रवीन्द्र मिश्र पतृ शाेकमा वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन !
रवीन्द्र मिश्र पतृ शाेकमा वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन !
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे
गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
नेपाल टी-२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाडाैं र जनकपुर खेल्दै
नेपाल टी-२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाडाैं र जनकपुर खेल्दै
Manoj Bajpayee and Aisha Sharma joins John Abraham in the latest poster of ‘Satyameva Jayate’!
Manoj Bajpayee and Aisha Sharma joins John Abraham in the latest poster of ‘Satyameva Jayate’!
सिरिया बन्दीगृहमा १३ हजारलाई यातनासहित फासी
सिरिया बन्दीगृहमा १३ हजारलाई यातनासहित फासी
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा
सुदुरपश्चिममा लकडाउन थप सशक्त हुनेछः मुख्यमन्त्री भट्ट
सुदुरपश्चिममा लकडाउन थप सशक्त हुनेछः मुख्यमन्त्री भट्ट

तपाईंले छुटाउनुभयो कि?