जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपीशर्मा ओलीले राज्य सबै नागरिकको अभिभावक भएकाले जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान शुरु गरिएको बताएका छन् ।
- आधुनिकतासँगै नेपालको सामाजिक र सहयोगी परम्पराहरु खण्डित हुन थालेपछि राज्यले केही नयाँ अभियान सञ्चालन गरेर जनतासँगको आत्मीयता बढाउन कार्यक्रम सुरु गरिएको प्रधानमन्त्री ओलीले बताए ।
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले राज्य सबै नागरिकको अभिभावक भएकाले जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान शुरु गरिएको बताएका छन् ।
आधुनिकतासँगै नेपालको सामाजिक र सहयोगी परम्पराहरु खण्डित हुन थालेपछि राज्यले केही नयाँ अभियान सञ्चालन गरेर जनतासँगको आत्मीयता बढाउन कार्यक्रम सुरु गरिएको प्रधानमन्त्री ओलीले बताए ।
“श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न पे्ररित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सिंगो समाज मिलेर सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गर्दैछौं” प्रधानमन्त्री ओलीले भने, “म ठान्छु समाजनिराशामा रहेको बेला हौसला दिनुपर्दछ । प्रणाली भत्केको बेलामा सपना देखाउनु पर्छ, शासनको बागडोर हातमा पर्नासाथ ती सपना र आसलाई मूर्तता दिनुपर्छ” प्रधानमन्त्रीले भने ।
सामाजिक सुरक्षा योजना शुभारम्भपछि राज्य नियन्त्रणकारी संस्थामात्रै नभएर नागरिकको अभिभावक भएको बताए ।
सुरक्षादिने र श्रम गरे वापत उचित पारिश्रमिक राज्यले दिने प्रधानमन्त्री ओलीको भनाइ छ ।
नागरिकका हितका लागि राज्यको भूमिका परिर्वतन हुनु आवश्यक भएको उल्लेख गरे ।
अढाइ दशक अघि मनमोहनअधिकारीको सरकारको पालामा ज्येष्ठ नागरिक सुरक्षाकार्यक्रम
सुरुवात गरेर सामाजिक सुरक्षामा नयाँ प्रणालीको सुरुवात गरेको प्रधानमन्त्री ओलीले स्मरण गरे ।
पछाडि परेको वर्ग, क्षेत्र र समुदायलाई विशेष प्रवन्ध गरी अगाडि ल्याऔं । गरिवीको वितरण होइन, सबै मिलेर समृद्धि हासिल गरौं, सबैलाई सुख बाँडौं” प्रधानमन्त्रीले भने, “राज्य रक्षक हो, संरक्षक हो, सहयोगी हो । यही हो, लोककल्याण्कारी राज्य, समाजवादउन्मुख लोकतान्त्रिक राज्य ।”

प्रतिक्रिया