माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय
सारांश
- काठमाडाैं, ३२ असार ।
- नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सम्पन्न भएको छ ।
- गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को सोमबार बसेको स्थायी समिति बैठकले जुम्लामा १६ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन गर्न जोडदार माग गरेको स्थायी समिति सदस्य तथा प्रदेश नं ५ का संयोजक आलोक रायमाझीले जानकारी दिए ।
काठमाडाैं, ३२ असार । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सम्पन्न भएको छ । गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को सोमबार बसेको स्थायी समिति बैठकले जुम्लामा १६ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन गर्न जोडदार माग गरेको स्थायी समिति सदस्य तथा प्रदेश नं ५ का संयोजक आलोक रायमाझीले जानकारी दिए ।
उक्त बैठकले वर्तमान शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका बिकृती, बिसङगतिहरुका विरुद्धमा निरन्तर संघर्ष गर्दै १५ औ पटक अनशनरत डा. गोविन्द केसीको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै उहाँका जायज मागहरू तुरुन्त पूरा गर्न सरकार संग माग गरिएको छ ।
साथै डा.केसीको आन्दोलनलाई केहि राजनैनिक पार्टीले नाजायज ढंगले पार्टीकरण गर्न खोजेको प्रति आपत्ति जनाउँदै डा केसीको जीवनरक्षाका निम्ति जोडदार अपील गरिएको छ । त्यसैगरी वर्तमान नेपालको कानुनले दिएको कुटनैतिक नियोगले खोल्न पाउने एउटा बिधालय बाहेकका भारत सरकारको मातहतका १३ वटा बिधालयहरुलार्इ सम्बन्ध दिइएकोमा गम्भीर आपत्ति जनाएको राइमाझीले बताए ।
यस्ता खाले निर्णयले नेपालको सार्बभौमिकता साथै राष्ट्रियतामा गम्भीर दीर्घकालीन असर पुरयाउने निष्कर्ष निकाल्दै निकालेको छ । साथै यस्ता गैरकानुनी र राष्ट्रघाती निर्णयलाई तुरुन्तै खारेज नगरे बाध्य भएर आन्दोलनमा जाने निर्णय भएको रायमाझीले जनाए ।
प्रतिक्रिया