केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १८, २०७७
|
|
२८ पटक हेरिएको
Shares
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्य बहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित र विभिन्न निर्णयहरु गरेको छ ।
  • बैठकले तीन दिनसम्म (कार्तिक १८, १९ र २०) गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, कार्तिक १९ गते बुधबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
  • त्यस्तै, आजको बैठकमा स्वर्गीय के।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्य बहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित र विभिन्न निर्णयहरु गरेको छ । बैठकले तीन दिनसम्म (कार्तिक १८, १९ र २०) गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, कार्तिक १९ गते बुधबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । त्यस्तै, आजको बैठकमा स्वर्गीय के।सी। प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नका लागि १ मिनेट मौन धारण गरिएको पार्टी कार्यालयका मुख्सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?