नुन चामल माग्न सिंहदरबारमा
सारांश
- काठमाडौँ — ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारा सहित मुलुक संघीय संरचनामा गइसकेपनि विकासका योजना माग्दै सिंहदरबार धाउने चलन भने रोकिएको छैन ।
- सोमबार प्रदेश –७ को दुर्गम जिल्ला बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी नुन र चामल माग्न सिंहदरबार आइपुगे ।
- सधैँजसो ठूला विकास योजनाका बहस हुने सिंहदरबारमा नुन र चामल माग्दै स्वय् जनप्रतिनिधि सिंहदरबार आइपुगेको सुन्दा नौलो लाग्न सक्छ।
काठमाडौँ — ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारा सहित मुलुक संघीय संरचनामा गइसकेपनि विकासका योजना माग्दै सिंहदरबार धाउने चलन भने रोकिएको छैन । सोमबार प्रदेश –७ को दुर्गम जिल्ला बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी नुन र चामल माग्न सिंहदरबार आइपुगे ।
सधैँजसो ठूला विकास योजनाका बहस हुने सिंहदरबारमा नुन र चामल माग्दै स्वय् जनप्रतिनिधि सिंहदरबार आइपुगेको सुन्दा नौलो लाग्न सक्छ। अध्यक्ष धामीसित सांसद आशाकुमारी विक र पूर्व सभासद् अफिलाल ओखेडा पनि नुन चामल माग्न सिंहदरबारमा पुगेका थिए।
राज्यले बझाङका जनतालाई अनुदान सहित नौ रुपैयाँमा वितरण गर्ने आयोडिनयुक्त नुन साइपालवासीले दुई सयसम्म र ३४ रुपैयाँ प्रतिकिलो पर्ने अनुदानको चामल तीन सय रुपैयाँसम्म तिरेर खानुपर्ने बाध्यता भएपछि अध्यक्ष आफै उद्योग तथा आपूर्ति मन्त्रालय आइपुगेका थिए।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया