कपिलवस्तुमा मतदान सुरु, मतदाता उत्साहित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
४२ पटक हेरिएको
Shares
कपिलवस्तुमा मतदान सुरु, मतदाता उत्साहित

सारांश

  • १४ असार, कपिलवस्तु ।
  • दोश्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत कपिलवस्तुमा मतदान सुरु भएको छ ।
  •   जिल्लाका ३ सय ८७ मतदान केन्द्रमा विहानै ७ बजे बाट मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

१४ असार, कपिलवस्तु । दोश्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत कपिलवस्तुमा मतदान सुरु भएको छ ।

 

जिल्लाका ३ सय ८७ मतदान केन्द्रमा विहानै ७ बजे बाट मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

विहानैदेखि बादल लागेका कारण मतदाताहरु केही चिन्तित देखिएका छन् भने कतिपयले शीतलता महशुस गरेका छन् ।

स्थानीय तह निर्वाचन विरोधमा आन्दोलनमा उत्रिएको राजपा समेत निर्वाचनमा सहभागी भएको र विप्लवको बलियो आधार क्षेत्र रहेको कपिलवस्तुको आजको निर्वाचन भिन्न तरिकाले हेरिएको छ ।

 

२० वर्षपछि मत खसाल्न पाएकोमा मतदाता उत्साहित छन भने कता मत खस्ने भन्नेमा उम्मेदवार चिन्तित देखिएका छन् । कपिलवस्तुमा १० वटा स्थानीय तहमा ५२६ पदका लागि ६ हजार ८ सय बढीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?