ओलीलाई पेलेरै जाने दाहाल–नेपालको तयारी, धुम्बाराहीमा आज ४ बजे भेला हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २५, २०७७
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २५ कार्तिक ।
  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै उत्कर्षमा पुगेको छ।
  • अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक राख्न लिखित रुपमै आग्रह गरेका सचिवालयका बहुमत सदस्यहरुले आज धुम्बाराहीमा बैठक डाकेका छन् ।

काठमाडौं, २५ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै उत्कर्षमा पुगेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक राख्न लिखित रुपमै आग्रह गरेका सचिवालयका बहुमत सदस्यहरुले आज धुम्बाराहीमा बैठक डाकेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक डाक्न लिखित रुपमै आग्रह गरेका थिए । उनीहरुले आजसम्म बैठक डाकिसक्न अल्टिमेटम दिएका थिए । तर, ओलीले बैठक नडाक्ने जवाफ दिएपछि यतिवेला दाहाल–नेपाल समूह बैठक राखेर नै अघि बढ्ने तयारीमा जुटेको छ । सोही अनुसार आज अपरान्ह ४ बजे धुम्बाराहीमा सचिवालयका ५ जनाको बैठक बस्ने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?