मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
४६ पटक हेरिएको
Shares
मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,

सारांश

  • एजेन्सी ।
  • रुसमा हुने २०१८ को विश्वकपमा अर्जेन्टिना सिधै छनोट हुन असफल भएको छ ।
  • शक्रबार विहान विश्वकप अन्तर्गत दक्षिण अमेरिकी देशको छनोटमा पेरुसँग गोलरहित बराबरी खेलेसँगै विश्वकपमा स्थान बनाउन नसकेको हो ।

एजेन्सी । रुसमा हुने २०१८ को विश्वकपमा अर्जेन्टिना सिधै छनोट हुन असफल भएको छ । शक्रबार विहान विश्वकप अन्तर्गत दक्षिण अमेरिकी देशको छनोटमा पेरुसँग गोलरहित बराबरी खेलेसँगै विश्वकपमा स्थान बनाउन नसकेको हो ।

अर्जेन्टिनाले अब विश्वकपमा स्थान बनाउनका लागि प्लेअफ खेल खेल्नुपर्ने हुन्छ । २०१४ को विश्वकपको उपविजेता बनेको अर्जेन्टिना विश्वकप छनोटको कठिन मोडमा पुगेको छ ।

विश्वकपमा स्वतः स्थान बनाउनका लागि अर्जेन्टिनाले पेरुलाई पराजित गर्नै पर्ने थियो । तर घरेलु मैदानमा नै अर्जेन्टिना पेरुसँग गोलरहित बराबरी खेल्न पुगेको हो ।

घरेलु भूमि इस्टाडियो अल्बेर्टोमा भएको खेलमा सुरुवाती समयदेखि नै अर्जेन्टिनाले आफ्नो पकड जमाए पनि गोल गर्न सकेन । अर्जेन्टिनाले पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेन । खेलको अधिकांश समयमा अर्जेन्टिनाले बल नियन्त्रणमा लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेलको अर्जेन्टिनाले दोस्रो हाफमा पनि बराबरी खेल्दै अंक बाड्न पुग्यो ।

तुलनात्मक रुपमा दबाबमा खेलेको पेरुले निकै राम्रो प्रदर्शन ग¥यो । विश्व चर्चित खेलाडी लियोनल मेस्सी, डि मारिया लगायतका अनुभवी खेलाडीको पेरु विरुद्ध केही लागेन । यसअघि भएको अवे खेलमा पेरुसँग अर्जेन्टिना २–२ गोलको बराबरीमा रोकिएको थियो । अर्जेन्टिनाले अक्टोबर १० तारिखमा इक्वेडरसँग अन्तिम खेल खेल्दैछ ।

दक्षिण अमेरिकी देशबाट ब्राजिल यसअघि नै छनोट विश्वकपमा भई सकेको छ ।

(Belsomra)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा
उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा
कश्मिर विवादमा अमेरिका र राष्ट्रसंघको प्रतिक्रिया
कश्मिर विवादमा अमेरिका र राष्ट्रसंघको प्रतिक्रिया
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
भारु पाँच सय र हजारका नोट खारेजी सङ्गै प्रचण्डको पनि डुब्यो एक अर्ब भारु !!!
भारु पाँच सय र हजारका नोट खारेजी सङ्गै प्रचण्डको पनि डुब्यो एक अर्ब भारु !!!
वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ: प्रचण्ड
वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ: प्रचण्ड
नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति पौडेल
नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति पौडेल
खाडीमा ९ सय ५७ नेपालीको मृत्यु
प्रविधि मन्त्रालयद्वारा सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन
प्रविधि मन्त्रालयद्वारा सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस
ट्रकको ठक्करबाट दुईको मृत्यु, अर्को ट्रक त्रिशुलीमा खस्यो
ट्रकको ठक्करबाट दुईको मृत्यु, अर्को ट्रक त्रिशुलीमा खस्यो