बाढीको बीमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा
सारांश
- चितवन, १३ भदौ ।
- बाढीबाट हुने क्षतिको बीमा नहुँदा पर्यटकीय नगरी सौराहाका होटल व्यवसायी मारमा परेका छन् ।
- बैंकबाट ऋण लिने क्रममा भूकम्प र आगलागीको बैंकले नै अनिवार्य बीमा गर्न लगाउने भए पनि बाढीबाट हुने क्षतिको बीमा नगर्दा व्यवसायी मारमा परेका हुन् ।
चितवन, १३ भदौ । बाढीबाट हुने क्षतिको बीमा नहुँदा पर्यटकीय नगरी सौराहाका होटल व्यवसायी मारमा परेका छन् ।
बैंकबाट ऋण लिने क्रममा भूकम्प र आगलागीको बैंकले नै अनिवार्य बीमा गर्न लगाउने भए पनि बाढीबाट हुने क्षतिको बीमा नगर्दा व्यवसायी मारमा परेका हुन् ।
साउन अन्तिम साता राप्ती र बूढी राप्तीमा बाढी आएपछि सौराहाका सबै होटल डुबानमा परेका थिए । राप्ती किनारका पाँचवटा रेस्टुरेन्ट बगाएर पूरै क्षति भएको छ भने अन्य होटलमा आंशिक क्षति पुगेको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार बाढीका कारण रु १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तर ९० प्रतिशत होटलले बाढीबाट हुने क्षतिको बीमा नगरेको उहाँले बताउनुभयो । क्षति भएका अधिकांश होटलको बैंकमा ऋण रहेको छ । घिमिरेकाअनुसार सौराहाका होटलको मात्रै रु १२ अर्बभन्दा बढी ऋण रहेको छ ।
यसअघि पनि पटकपटक बाढीले करोडौँको क्षति पु¥याएको सौराहामा बैंकले ऋण दिँदा बाढीको समेट्ने गरी बीमा गर्न नलगाएको पाइएको छ । अनिवार्य भन्दै भूकम्प र आगजनीको बीमा गराए पनि बाढीको बीमा गर्न बैंकले पनि नभन्ने र व्यवसायीले पनि ध्यान नदिँदा पूरै जोखिम व्यवसायीले व्यहोर्न बाध्य भएका छन् ।
प्रतिक्रिया