ओलीको उद्घोष : भ्रष्ट आचरणका नेता, कर्मचारी कसैलाई छाडिन्न
सारांश
- काठमाडौं, ६ पुस ।
- एमाले अध्यक्ष केपी ओलीले आगामी सरकारले भ्रष्ट आचरणका नेता, कर्मचारी र व्यापारी कसैलाई पनि नछाड्ने बताएका छन् ।
- राजधानीबाट निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन वाम गठबन्धनले बुधबार आयोजना गरेको कार्यक्रममा भावी सरकारको प्रमुख एजेण्डा नै भ्रष्टाचार नियन्त्रण र देशको समृद्वि गर्ने ओलीको उद्घोष छ ।
काठमाडौं, ६ पुस । एमाले अध्यक्ष केपी ओलीले आगामी सरकारले भ्रष्ट आचरणका नेता, कर्मचारी र व्यापारी कसैलाई पनि नछाड्ने बताएका छन् ।
राजधानीबाट निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन वाम गठबन्धनले बुधबार आयोजना गरेको कार्यक्रममा भावी सरकारको प्रमुख एजेण्डा नै भ्रष्टाचार नियन्त्रण र देशको समृद्वि गर्ने ओलीको उद्घोष छ ।
भावी सरकारको नेतृत्व गर्ने तयारीमा रहेका ओलीले अहिले देश निकै चुनौतीपूर्ण अवस्था रहेकाले भ्रष्टाचार निर्मूल गरी अघि बढ्न सबैलाई आग्रह समेत गरे ।
उनले प्रशासन चुस्त बनाई जनताको सेवामा समर्पित हुने उल्लेख गर्दै सांसदहरूलाई पार्टीको मर्म र अहिलेको चुनौती बुझेर काम गर्न निर्देशन दिएका छन् ।
‘इमानमा तलमाथि पाइए, स्वच्छतामा खोट भेटिए, कुनै लापरबाही फेला परे पार्टीलाई सह्य हुँदैन्, ओलीले भने, ‘हामी बहुमत चुनौतीपूर्ण अवस्थामा छौं, त्यसैले सबै क्षेत्रमा राम्रो काम गर्नुपर्नेछ ।’
‘देशमा भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ, आगामी सरकारले देखाउँछ । कुनै सुनुवाइ हुने छैन,’ उनले भने, ‘राजनीति, कर्मचारी र बिजनेस सेक्टरलगायतमा हुने भ्रष्टाचारप्रतिको रबैया कडा हुनेछ । हामी पूर्ण भ्रष्टाचारमुक्त देश बनाउनेछौं ।’
प्रतिक्रिया