उपकुलपति प्राडा कोइराला प्रकरणमा सरकारको आयो यस्तो प्रतिक्रिया
सारांश
- काठमाडौं, २५ असार ।
- नेपाल संंस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्रा.
- डा.
काठमाडौं, २५ असार । नेपाल संंस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको विदेश भ्रमण, सरकारले रोक लगाएको र त्यसपछि आएका प्रतिक्रियाबारे सरकारले स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयबाट उपकुलपति कोइरालाले कुनै पनि अनुमति नलिएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उपकुलपति प्रा.डा. कोइरालाको वैदेशिक भ्रमणसम्बन्धमा आएका समाचारहरुको भ्रममा नपर्न अपिल गरिएको छ । विज्ञप्तिमा उपकुलपति प्राडा कोइरालाले सम्बन्धित कुनै पनि निकायबाट विदेश भ्रमणका लागि अनुमति नलिएको र सम्बन्धित विश्वविद्यालयले त्यसका निम्ति कुनै अनुरोध गरेको पनि नदेखिएको जनाइएको छ ।
“सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्बन्धित पदाधिकारीको हैसियतमा वैदेशिक भ्रमण गर्दा प्रचलित कानुनबमोजिम सम्बन्धित तालुक निकायबाट अनुमति लिनुपर्ने प्रावधान भए तापनि प्रा.डा. कुलप्रसाद कोइरालाले नेपाल संस्कृत विश्वविद्यालयका कुलपतिको हैसियतले कुलपति, सहकुलपति वा यस मन्त्रालयबाट कुनै पनि प्रकारको अनुमति लिनु भएको छैन”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, “यसका अलावा निजको भिसा सिफारिसका निम्ति सम्बन्धित विश्वविद्यालयले यस मन्त्रालयलाई कुनै पनि प्रकारको अनुरोध गरेको देखिएन र यस मन्त्रालयले तत्सम्बन्धमा कुनै सिफारिस गरेको पनि छैन ।”
विज्ञप्तिमा त्यसकारण प्रा.डा. कोइरालाको वैदेशिक भ्रमण सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरुमा प्रसारित समाचारहरुलाई “कपोलकल्पित” भनिएको छ । विज्ञप्तिमा त्यस्ता समाचारको भ्रममा नपर्न सम्पूर्ण सरोकारवालाहरुलाई मन्त्रालयले अनुरोध पनि गरेको छ ।
Chhabi Lal Pradhan
Ukhan tukka le desh chalaune bampanthi jhut bolna k ko laaj
Paudel Laxman
Nepali Congress Ko manche haru le nepali language bujhchau hola ni