नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ३, २०७७
|
|
२८ पटक हेरिएको
Shares
नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु

सारांश

  • काठमाडौं, ३ मंसिर ।
  • कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ३ मंसिर । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १४ सय ४२ थपिएका छन् ।

आज ३ हजार ५ सय ३८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख १२ हजार ९ सय १७ संक्रमित भएपनि १ लाख ८२ हजार ७ सय ८० जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २८ हजार ८ सय ७८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १६ लाख २३ हजार ७ सय ५४ जनाको पिसीआर परिक्षण भएको छ भने २८ हजार ८ सय ७८ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ९ सय १० रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?