कांग्रेस, एमालेले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०८१
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेस, एमालेले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा एमालेले लोकतन्त्र मर्न नदिने बताएका छन्।
  • शनिवार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्व सन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा एमालेले लोकतन्त्र मर्न नदिने बताएका छन्।

शनिवार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्व सन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन्।

उनले अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस मिलेर बनाएको उल्लेख गर्दै काँग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताए।

प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र काँग्रेसले असाधारण योगदान गरेको बताए। उहाँले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको दाबी गरे। उनले राजनीतिक दल नहुँदासम्म जनता नेसन भइसकेको नहुने बताए।

उनले भने, ‘अहिलेको सरकार नेकपा एमाले, नेपाली काँग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरूमा, योगदानका कुराहरूमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरूमा यी पार्टीहरू सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन्। यिनको प्रतिबद्धता छ । यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन् । डेमोक्रेसी, देश, जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था हो। मानव जातीले सामाजिक सुप्रवन्धका लागि विकास गरेका दुई वटा कुरा हुन् । सामाजिक सुप्रवन्धका लागि पहिलो विकास मानवले पोलिटिक्स गरेको हो । त्यसले मात्रै पनि चलेन, अनि त्यहाँ विकास भए पोलिटिकल पार्टीज । राष्ट्रियता एउटा हुन्छ भन्ने पार्ने पोल्टिकल पार्टीले हो । पोल्टिकल पार्टी नहुँदासम्म बन्दुकले बाँधेका जनता नेसन भइसकेका हुँदैनन्।’

प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशत भन्दा तल झर्न नदिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?