पाथीभराको जङ्गलमा छ दिनदेखि लागेको डढेलो अब कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १४, २०७७
|
|
२२ पटक हेरिएको
Shares
पाथीभराको जङ्गलमा छ दिनदेखि लागेको डढेलो अब कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश

सारांश

  • ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ ।
  • कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।
  • हेलिकोप्टरको सहायताबाट आगो नियन्त्रण गर्न हिजो सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किने काम भए पनि प्रभावकारी हुन नसकेको महतले जानकारी दिए ।

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

हेलिकोप्टरको सहायताबाट आगो नियन्त्रण गर्न हिजो सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किने काम भए पनि प्रभावकारी हुन नसकेको महतले जानकारी दिए । उनले भने, “ठूलो आगोको ज्वालामा हेलिकोप्टरबाट झारेको पानी त पेट्रोल पो बन्दोरहेछ । आगो नियन्त्रण हुनुपर्नेमा झन् ठूलो फैलिँदोरहेछ”, पाथीभरा मन्दिरको संरचनाचाहिँ डढेलोले असर नगरेको महतले जानकारी दिए ।

सोमबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाँचपटक जोरपोखरीबाट पानी ल्यएर आगो नियन्त्रण प्रयास गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिएका छन् । मन्दिर परिसर क्षेत्रका संरचना बचाउन सफल भएको निर्देशक काफ्लेले बताए ।

आज बिहान कञ्चनजङ्घा संरक्षण क्षेत्रमा डढेलो प्रवेश गरेको देखिएपछि फक्ताङलुङ गाउँपालिका–५ तापेथोक बिहानी उपभोत्ता समिति पदाधिकारी र संरक्षण बासिन्दा सोमबारदेखि नै संरक्षण क्षेत्रमा आगो प्रवेश गर्न नदिनका लागि लुकुम्पा सामुदायिक वनमा पुगेर बसेको कञ्चनजङ्घा संरक्षण क्षेत्र संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।-रासस

(https://mrbonespumpkinpatch.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग
मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?
पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु
“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा
“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
यी प्रदेशका केही स्थानमा हुनेछ भारी वर्षा
मोबाइल र फेसबुकका कारण बैतडीमा बालविवाह बढ्दो
मोबाइल र फेसबुकका कारण बैतडीमा बालविवाह बढ्दो
1xBet AZ rəsmi sayt 1xBet Azərbaycan bukmeker kontoru, bonuslar, AP
तरकारीको भाउ अचाक्ली बढ्यो, २० दिनमै २८९ प्रतिशत वृद्धि
तरकारीको भाउ अचाक्ली बढ्यो, २० दिनमै २८९ प्रतिशत वृद्धि

तपाईंले छुटाउनुभयो कि?