दोस्रो चरणमा कहाँ कहाँ हुँदैछ निर्वाचन ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
४२ पटक हेरिएको
Shares
दोस्रो चरणमा कहाँ कहाँ हुँदैछ निर्वाचन ?

सारांश

  • मंसिर २१ गते दोस्रो चरणमा हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
  • मनोनयन दर्ता कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने पनि आयोगले जनाएको छ ।
  • उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

मंसिर २१ गते दोस्रो चरणमा हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने पनि आयोगले जनाएको छ ।

उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यस निर्वाचनमा ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ सदस्य र प्रदेशसभाका लागि २५६ सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयनको फारम लैजानुका साथै शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको आायोगले जनानएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्रका साथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेदवारको हकमा आधिकारिक हस्ताक्षरसहितको दलको औपचारिक पत्र बुझाउनुपर्ने छ ।

मनोनयपत्रमा प्रस्तावक, समर्थक तथा उम्मेदवारको सहीछाप गरी पेश गर्नुपर्दछ । धरौटी रकमको हकमा प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार निर्धारण गरिएको छ ।

महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छूट हुने व्यवस्था रहेको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ । एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने छ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा कहाँ कहाँ हुँदैछ निर्वाचन ?

प्रदेश नम्बर १

इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी

प्रदेश नम्बर २

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट

प्रदेश नम्बर ३

सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडांै, ललितपुर र भक्तपुर

प्रदेश नम्बर ४

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङजा र पर्वत,

प्रदेश नम्बर ५

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलबस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया,

प्रदेश नम्बर ६

सल्यान, सुर्खेत र दैलेख

प्रदेश नम्बर ७

कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी जिल्लामा आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम रहेको छ । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८५२ जना मतदाताले मतदान गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट पक्राउ परे किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली
भारतबाट पक्राउ परे किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली
मधुमेहलाई ब्यावस्थापन गर्न जरुरी
मधुमेहलाई ब्यावस्थापन गर्न जरुरी
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने
विज्ञानतर्फ चार वर्षे बीएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित
विज्ञानतर्फ चार वर्षे बीएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित
३३ किलाे सुन प्रकरणका एसएसपी खत्रीले गरे आत्मसर्मपण !
३३ किलाे सुन प्रकरणका एसएसपी खत्रीले गरे आत्मसर्मपण !
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
सचिव दाहाललाई विभागीय कारबाही गर्नुपछ : उपसचिव सञ्जेल
सचिव दाहाललाई विभागीय कारबाही गर्नुपछ : उपसचिव सञ्जेल
अध्यक्ष भण्डारीद्वारा घाइतेको उपचार
अध्यक्ष भण्डारीद्वारा घाइतेको उपचार