काठमाडाैमै पानीकाे हाहाकार, स्थानिय बसाइँ सर्न थाले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
काठमाडाैमै पानीकाे हाहाकार, स्थानिय बसाइँ सर्न थाले

सारांश

  • काठमाडौँ, ७ मंसिर।
  •   भूकम्पपछि पानीको मुहान सुक्न थालेपछि राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–१ का स्थानीयवासी बसाइँ सर्न थालेका छन् ।
  • साविकको दहचोक गाविस– ५ मा पानीका तीनवटा मुहान सुकेको स्थानीयवासी टीकाराम शर्माले बताए।

काठमाडौँ, ७ मंसिर।  भूकम्पपछि पानीको मुहान सुक्न थालेपछि राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–१ का स्थानीयवासी बसाइँ सर्न थालेका छन् । साविकको दहचोक गाविस– ५ मा पानीका तीनवटा मुहान सुकेको स्थानीयवासी टीकाराम शर्माले बताए। इन्द्रजात्राका समयमा भव्य मेला लाग्ने पुरातात्विक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण इन्द्रदहमा तीन वर्षदेखि ट्याङ्करको पानी हालेर मेला सञ्चालन गर्ने गरिएको छ ।

गाउँमा पानीको मुहान सुकेपछि नगरपालिका–१ बाट वडा नं –३ मा घर बनाएको शर्माले बताए। भूकम्पले भत्किएको घर बनाउन लाभग्राही सूचीमा सूचीकृत उनले दुई किस्ता पाए पनि तेस्रो किस्ता रोकिएको गुनासो गरे। पानीको समस्याका कारण अर्को स्थानमा घर बनाउँदा दोस्रो किस्ता पाए पनि इञ्जिनीयरले तेस्रो किस्ता रोकेको यहाँका लाभग्राहीको भनाइ छ। नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले पानीको मुहान सुकेकाले २०० घर तल सरेको बताउँछन्। इन्द्रदहमा पानी सुकेपछि हाल पोखरी रित्तिएको छ । इन्द्रजात्रामा ट्याङ्करले थोरै पानी हाले पनि अप्ठ्यारो सडक र भौगोलिक अवस्थाका कारण निरन्तर हाल्न नसकिएको उनले बताए।

विसं २०७२ वैशाख १२ गतेपछि सुकेको पानी गत साउन अन्तिम साता थोरै पलाए पनि पर्याप्त नभएको वडा कार्यालयले जनाएको छ। खानेपानीकै अभाव भएपछि स्थानीय अन्यत्र बसाइँ सर्न बाध्य भएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?