राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ – मन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ – मन्त्री थापा

सारांश

  • महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले पछिल्लो पटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताउनुभएको छ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नं ८ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरताका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
  • लोकतान्त्रिक गठबन्धन निर्माण समयको माग भएको बताउँदै प्रजातान्त्रिक अभ्यासलाई संरक्षण गर्न अहिले चुनौती रहेको बताउनुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले पछिल्लो पटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नं ८ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरताका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धन निर्माण समयको माग भएको बताउँदै प्रजातान्त्रिक अभ्यासलाई संरक्षण गर्न अहिले चुनौती रहेको बताउनुभयो । देशमा पछिल्लोपटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताउँदै उहाँले आगामी निर्वाचनमा जनताले लोकतान्त्रवादी र राष्ट्रवादी शक्तिलाई अग्रस्थानमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले संयुक्त चुनावी सभा तथा मतदातालाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष दिनेश अधिकारी, राप्रपा महानगर अध्यक्ष कृष्ण वज्राचार्यलगायतले झापा–३ मा गठबन्धनभित्र देखिएको अविश्वास र आशंकाले लोकतान्त्रिक गठबन्धनमा समेत समस्या आउन सक्ने भएको हुँदा नेतृत्वले चाँडो समाधान खोज्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल
काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल
संसारकै महंगो कार, तर १२ जनाले मात्रै किन्न पाउने
संसारकै महंगो कार, तर १२ जनाले मात्रै किन्न पाउने
सीपी गजुरेलसहित २९ जना रत्नपार्कबाट पक्राउ
सीपी गजुरेलसहित २९ जना रत्नपार्कबाट पक्राउ
आइतवारदेखि नेपाली रेल नियमित चल्ने
आइतवारदेखि नेपाली रेल नियमित चल्ने
गाईघाट मा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न
गाईघाट मा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न
ताजा अप्डेट -अहिलेसम्मको कसले कहाँ कहाँ जिते ? हेर्नुहोस नाम लिस्ट सहित  !
ताजा अप्डेट -अहिलेसम्मको कसले कहाँ कहाँ जिते ? हेर्नुहोस नाम लिस्ट सहित !
जापानमा काम गर्न जाने ढोका खुल्यो, अप्रिलदेखि कामदार लैजान शुरु
जापानमा काम गर्न जाने ढोका खुल्यो, अप्रिलदेखि कामदार लैजान शुरु
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
हरेक वर्ष विश्वको जनसंख्या झण्डै ८ करोड ३० लाखले वृद्धि….
काठमाडौँ  क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने
काठमाडौँ क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने

तपाईंले छुटाउनुभयो कि?