पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरीलाई जेलमा यस्ता छन सुविधा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
५५ पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरीलाई जेलमा यस्ता छन सुविधा

सारांश

  • काठमाडाै, ३१ असार  ।
  • स्वदेश फर्के लगत्तै शुक्रवार राति विमानस्थलबाटै पक्राउ गरी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई जेल चलान गरिएको छ ।
  • भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भइ शरिफले १० वर्ष जेल सजाय पाएका छन् भने मरियमलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।

काठमाडाै, ३१ असार  । स्वदेश फर्के लगत्तै शुक्रवार राति विमानस्थलबाटै पक्राउ गरी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई जेल चलान गरिएको छ ।भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भइ शरिफले १० वर्ष जेल सजाय पाएका छन् भने मरियमलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।

अधिकारीहरूका अनुसार स्वास्थ्य परीक्षण गरिएपछि बुवा छोरीलाई छुट्टा-छुट्टै जेल पठाइएको थियो।नाम उल्लेख नगर्ने शर्तमा रावलपिण्डीस्थित अडियाला जेलका एक अधिकारीले अरू कैदीसरह शरिफ र मरियमले पनि कैदीको पोशाक लगाउनुपर्ने हुन्छ ।उनका अनुसार जेलमा नियमित बाहेक अरू सुरक्षा निकायका अधिकारीहरूलाई पनि खटाइएको छ ।

शरिफ र मरियमले चाहेमा कैदीको पोशाक आफैँले पनि बनाउन लगाउनसक्ने जेलका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार पूर्वप्रधानमन्त्री भएको नाताले शरिफलाई ‘ए श्रेणी’ र मरियमलाई ‘बी श्रेणी’ को कैदीका रुपमा राखिएको छ ।

पाकिस्तानको पञ्जाब प्रान्तका ४२ जिल्लामध्ये दुई जिल्ला (बहावलपुर र रावलपिण्डी) का जेलमा मात्रै कैदीले ‘ए श्रेणी’ को सुविधा पाउने व्यवस्था छ । ‘सी श्रेणी’मा हत्या, चोरी, लुटपाट र झैझगडा लगायतका अपराधमा सजाय पाएकाहरूलाई राख्ने गरिएको छ ।

झैझगडामा संलग्न तर प्रतिष्ठित परिवारको भएका कैदीहरूलाई चाहिँ ‘बी श्रेणी’ अन्तर्गत राख्ने चलन छ। जेल अधिकारीहरूका अनुसार ‘ए श्रेणी’ अन्तर्गत उच्च सरकारी अधिकारीहरू बाहेक पूर्वसंघीय मन्त्री र विगतमा बढी कर तिर्ने गरेकाहरूलाई राख्ने गरिएको छ ।‘ए श्रेणी’ अन्तर्गत राखिने कैदीलाई बस्नका लागि दुईवटा कोठा दिइन्छ । त्यसमा ओछ्यान, एसी, फ्रीज र टीभीका साथै भान्सा पनि हुन्छ ।

‘ए श्रेणी’ का कैदीले जेलको खानाको सट्टा आफैँले पकाएर पनि खान पाउँछन् । त्यसबाहेक उनीहरूले काम गर्ने दुईजना कैदी पनि पाउँछन् । ‘बी श्रेणी’ का कैदीले चाहिँ एउटा कोठा र काम गर्ने एउटा कैदी पाउँछन् । जेल अधिकारीले चाहेमा कामका लागि अर्को कैदी पनि उपलब्ध गराउनसक्छन् । बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले भ्रष्टाचारी जोगाएको कांग्रेस नेताको आरोप
सरकारले भ्रष्टाचारी जोगाएको कांग्रेस नेताको आरोप
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा
भोलिदेखि ४ दिनसम्म उपत्यकामा जोर विजोर सवारी साधन चल्ने
भोलिदेखि ४ दिनसम्म उपत्यकामा जोर विजोर सवारी साधन चल्ने
उत्तर कोरियाले आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने
उत्तर कोरियाले आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने
दुई नम्बर प्रदेश सरकारले शहीद परिवारप्रति विभेद गरेको आरोप
दुई नम्बर प्रदेश सरकारले शहीद परिवारप्रति विभेद गरेको आरोप
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
हुन्डाई ‘एक्सटर’ सार्वजनिक, बुकिङ खुला हुने
हुन्डाई ‘एक्सटर’ सार्वजनिक, बुकिङ खुला हुने
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
वामदेवलाई फेरि धोका, राष्ट्रियसभामा उनको साटो युवराज खतिवडाको नाम
वामदेवलाई फेरि धोका, राष्ट्रियसभामा उनको साटो युवराज खतिवडाको नाम
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो