माधव नेपालले भने; ‘ओलीलाई हामीले सुध्रिनको लागि अन्तिम मौका दिईरहेका छौं’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १४, २०७७
|
|
२० पटक हेरिएको
Shares
माधव नेपालले भने; ‘ओलीलाई हामीले सुध्रिनको लागि अन्तिम मौका दिईरहेका छौं’

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूहरुले केपी शर्मा ओलीलाई अन्तिम मौका दिईरहेको स्पष्ट पारेका छन् ।
  • आज उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
  • उनले भने,‘उहाँमा गुटवादी प्रवृत्ति हाबी भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूहरुले केपी शर्मा ओलीलाई अन्तिम मौका दिईरहेको स्पष्ट पारेका छन् । आज उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

उनले भने,‘उहाँमा गुटवादी प्रवृत्ति हाबी भएको छ । कम्युनिष्टमा हुनुपर्ने गुणहरु उहाँमा छैनन् । उहाँको कदमलाई अस्विकार गर्नेबाहेक अर्को कुनै विकल्प छैन् । संसद विघटन गरेर असंवैधानिक कदम चाल्नुभयो । त्यसका निम्ति उहाँमाथि हामीले अनुशासनको कारबाही गर्यौं । उहाँ सुध्रिनुहुन्छ कि भनेर आशा गरेका छौं । हामीले सुध्रिनुहुनुछ कि भनेर अन्तिम मौका दिईरहेका छौं ।’ केपी वंश र प्रवृत्तिको नाश भईछाड्ने पनि उनको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?