कांग्रेस विवाद सतहमा, सभापति देउवा र जिल्ला सभापति आमने सामने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
१७ पटक हेरिएको
Shares
कांग्रेस विवाद सतहमा, सभापति देउवा र जिल्ला सभापति आमने सामने

सारांश

  • काठमाडौं।
  • महासमिति बैठकले दिएको निर्देशन विपरित केन्द्रीय समिति बैठकले विधान पारित गरेपछि कांग्रेसभित्र चुलिएको विवाद भुसको आगो जस्तै फैलिन थालेको छ।
  • महासमिति बैठकको निर्देशन विपरित बहुमतद्वारा केन्द्रीय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने जिल्ला सभापतिहरुले चेतावनी दिएका छन्।
काठमाडौं। महासमिति बैठकले दिएको निर्देशन विपरित केन्द्रीय समिति बैठकले विधान पारित गरेपछि कांग्रेसभित्र चुलिएको विवाद भुसको आगो जस्तै फैलिन थालेको छ।
महासमिति बैठकको निर्देशन विपरित बहुमतद्वारा केन्द्रीय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने जिल्ला सभापतिहरुले चेतावनी दिएका छन्। तर, सभापति शेरबहादुर देउवाले भने सानो झुण्डले भन्दैमा विशेष महाधिवेशन नबोलाउने जवाफ दिएका छन्।
विशेष महाधिवेशनकालागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर चाहिन्छ। काठमाडौंमा दुईदिन सम्म चलेको जिल्ला सभापतिहरुको भेलाले कांग्रेस नेतृत्वलाई महासमितिको निर्णयलाई नलत्याउन आग्रह गर्दै नत्र विशेष महाधिवेशनको तयारी थाल्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठक  शनिबार बस्दैछ।
विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एक जनालाई पटक भन्दा बढी अवसर दिन नहुने र केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु नेतृत्वसँग आक्रोशित भएका हुन्।
गत मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकले आरक्षण कोटामा एक व्यक्तिलाई एक पटक मात्र अवसर दिने र केन्द्रिय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाउने निर्णय गरेको थियो। महासमिति बैठकले पारित गरेको उक्त निर्णयलाई विधानमा समावेश गरी संशेधित विधान केन्द्रीय समितिबाट अनुमोदन गर्ने शीर्ष नेताहरुले समेत प्रतिवद्धता व्यक्त गरेका थिए।
तर उक्त प्रतिवद्धता विपरित केन्द्रीय समितिबाट सभापति शेरबहादुर देउवा पक्षलले बहुमतका आधारमा संशाेिधत विधान अनुमोदन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले नोट अफ डिसेण्ट लेखेको थियो।
कांग्रेसमा १४ औं महाधिवेशनको मिति नजिएिकसँगै गुतगट राजनीति तीव्र हुन थालेको छ। सभापति शेरबहादुर देउवा अर्को कार्यकाल सभापति हुन चाहन्छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल देउवालाई रोकेर आफू सभापति बन्ने दाउमा छन्। तर, कोइराला परिवारबाट नै आगामी महाधिवेशनमा नेतृत्व लिनुपर्ने भन्दै कोइराला परिवारबाट सक्रिय राजनीतिमा रहेका डा. शेखर कोइराला, महामन्त्री डा. शशांक कोइराला र सुजता कोइराला आगामी नेतृत्वकालागि एकजुट भएका छन्।
केन्द्रीय कार्यसमितिका सभापति देउवाको स्पष्ट बहुमत छ। सोही बहुमतको आधारमा सभापतिले आफू अनुकुल निर्णय गर्दै आएका छन्। महासमितिको निर्देशनलाई देउवाले त्यही बहुमतको आधारमा उल्लघंन गरेको जिल्ला सभापतिहरुको ठहर छ। काठमाडौंमा भेला भएका ५१ जिल्लाका सभापतिहरु सबै संस्थापन इतर पक्षका हुन्। ७७ जिल्लामध्ये ५६ जिल्लाका सभापतिहरु संस्थापन इतर पक्षका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?