उत्कृष्ट पुरस्कार पाएका कर्मचारीले घुस खाएपछि पक्राउ
सारांश
- काठमाडौं ।
- जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ घुस सहित पक्राउ परेका छन् ।
- उनी सरकारका उत्कृष्ट कर्मचारी भन्दै पुरस्कार पाएका कर्मचारीसमेत हुन् ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ घुस सहित पक्राउ परेका छन् । उनी सरकारका उत्कृष्ट कर्मचारी भन्दै पुरस्कार पाएका कर्मचारीसमेत हुन् ।
श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाईदिने बहानामा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस रकम लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिँदै गर्दा भेटाएको थियो । अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया