छ कक्षामा स्कुल छाडेर कुल्लीबाट पत्रकार हुँदै एशियाका सबैभन्दा धनाढ्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १६, २०७७
|
|
२४ पटक हेरिएको
Shares
छ कक्षामा स्कुल छाडेर कुल्लीबाट पत्रकार हुँदै एशियाका सबैभन्दा धनाढ्य

सारांश

  • सचिना बाँनियाः चीनको सांस्कृतिक क्रान्तिको दौरान भएको अस्थिरताले जोङ सानसानको जीवनलाई संकटमा पुर्यायो ।
  • छ कक्षामा पढ्दै गर्दा विद्यालय छाड्नुपर्यो ।
  • त्यसपछि उनी निर्माण क्षेत्रमा कुल्लीको काम गर्न थाले ।

सचिना बाँनियाः चीनको सांस्कृतिक क्रान्तिको दौरान भएको अस्थिरताले जोङ सानसानको जीवनलाई संकटमा पुर्यायो । छ कक्षामा पढ्दै गर्दा विद्यालय छाड्नुपर्यो । त्यसपछि उनी निर्माण क्षेत्रमा कुल्लीको काम गर्न थाले । कुल्ली बनेर धेरै ठाउँमा काम गरे ।

सानसान विस्तारै उनी पत्रकारितामा लागे । रिपोर्टर बने । उनले पेय पद्धार्थ पनि बेच्दै हिंडे । पछि च्याऊ खेती हुँदै स्वास्थ्य क्षेत्रमा लागे । जीवनको लामो अनुभवले सानसानले आफ्नै कम्पनि खोले । सन् १९९६ मा उनले नोन्ग्फु स्प्रिङ चलाए । जसले पानीको बोतल उत्पादन गर्दछ ।

पढेर भन्दा परेर जानेका ६६ वर्षीय जोङ सानसान अहिले एशियाकै सबैभन्दा धनी भएका छन् । ब्लुमवर्ग बिलियनरी इन्डेक्समा सानसानको सम्पत्ति ७७ अर्ब ८० करोड डलर भएको उल्लेख गरेको छ । कोरोना भाइरसको महामारीले उनको सम्पत्ति आकाशियो । यस वर्ष ७ अर्ब डलर सम्पत्ति वृद्धि भएसँगै सानसानले भारतका मुकेश अम्बानी र चीनका ज्याक मालाई उछिनेका छन् ।

सानसान विश्वको ११ औं धनी भएका छन् । उनको भ्याक्सिन उत्पादन गर्ने बेइजिङ वानटे बायोलोजिकल पब्लिकले यसवर्ष निकै उपलब्धि हासिल गरेको छ । बोतलमा पानी विक्री गर्ने कम्पनिले पनि ठुलो प्रगति हासिल गरेको छ ।

नोन्ग्फु स्प्रिङ नामको पानीको बोतल बेच्ने कम्पनि चीनकै सबैभन्दा ठुलो पेय पद्धार्थ उत्पादक कम्पनि हो । उनको वान्टे कम्पनि औषधी र भ्याक्सिन उत्पादन गर्छ । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?