प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमाथि सुनुवाई, वृहत पूर्ण इजलास गठनको निवेदनबारे के होला ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २२, २०७७
|
|
३२ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमाथि सुनुवाई, वृहत पूर्ण इजलास गठनको निवेदनबारे के होला ?

सारांश

  • प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमाथि सुनुवाई, वृहत पूर्ण इजलास गठनको निवेदनबारे के होला ?
  • प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमाथि सुनुवाई शुरु भएको छ ।
  • आजबाट यसको निरन्तर सुनुवाई हुनेछ ।

प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमाथि सुनुवाई, वृहत पूर्ण इजलास गठनको निवेदनबारे के होला ?प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमाथि सुनुवाई शुरु भएको छ । आजबाट यसको निरन्तर सुनुवाई हुनेछ । संवैधानिक इजलास गठन भई सुनुवाई शुरु भएपनि रिट निवेदक १२ जनाले वृहत पूर्ण इजलाश गठनका लागि निवेदन दिएका छन् । यसबारे अध्ययन भइरहेको बुझिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलाशमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । विगतमा संसद बिघटनसम्बन्धी रिटको अन्तिम किनारा वृहत पूर्ण इजलासबाट लगाइएको थियो । यसैलाई नजिर मानेर निवेदकहरुले पूर्ण इजलास गठनका लागि निवेदन दिएका हुन् । ।

मङ्गलबार नेकपा नेता देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत रिट निवेदक १२ जनाले संयुक्त रुपमा यसअघि प्रतिनिधिसभा बिघटनविरुद्ध दिएको रिटको सुनुवाई वृहत पूर्ण इजलासबाट होस् भनी निवेदन दिएका थिए । ५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट निर्णय गराएर संसद बिघटनको राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गराएपछि रिट दायर भएको थियो । ८ पौषमा एकल इजलासले संवैधानिक इजलासमा पेश गर्न आदेश भएको थियो । १० पौषमा संवैधानिक इजलासले सरकारसँग लिखित जवाफ पेस गर्न आदेश जारी गरेकोमा भइसकेको छ । २२ पौषबाट निरन्तर सुनुवाई हुने आदेश जारी गरेको अवस्था छ ।

निवेदनमा प्रतिनिधिसभा बिघटन गर्ने विषय संवैधानिक व्याख्याको विषय मात्र नभई यो संविधान र कानुनको गम्भीर व्याखया गर्नुपर्ने विषय पनि भएको भन्दै अन्तिम व्याख्या वृहत् पूर्ण इजलासले मात्रै गर्न सक्ने जिकिर गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा
चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा
बस र टिपर ठोक्किँदा तीन जनाको मृत्यु
बस र टिपर ठोक्किँदा तीन जनाको मृत्यु
एमसीसी सम्झौता कार्यान्वयनको बाटोमा गयो : एमसीसी मुख्यालय
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
छलफल समाप्त
छलफल समाप्त
आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सात गम्भीर
आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सात गम्भीर
विवादमा ठमेल र दरबारमार्गका डिएसपी, एसएसपी धानुकले दिए चेतावनी
विवादमा ठमेल र दरबारमार्गका डिएसपी, एसएसपी धानुकले दिए चेतावनी
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !
सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने
सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

तपाईंले छुटाउनुभयो कि?