सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २६, २०७७
|
|
२९ पटक हेरिएको
Shares
सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने

सारांश

  • सरकारी कार्यालयहरू फुल फ्लेजमा सञ्चालनमा आउने भएका छन् ।
  • काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरूले शत प्रतिशत काम सूचारु हुने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
  • ‘केही कार्यालयहरूले कम कर्मचारी बोलाएर भएपनि सबै सेवा दिन सक्नुहुन्छ भने त्यसमा कार्यालय प्रमुखहरूले जिम्मेवारी लिने कुरा हो’ उहाँले भन्नुभयो ‘अब कोभिडको बिदा पाइँदैन, कार्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरेर पूर्ण रुपमा सञ्चालन हुन्छ ।

सरकारी कार्यालयहरू फुल फ्लेजमा सञ्चालनमा आउने भएका छन् । काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरूले शत प्रतिशत काम सूचारु हुने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । ‘केही कार्यालयहरूले कम कर्मचारी बोलाएर भएपनि सबै सेवा दिन सक्नुहुन्छ भने त्यसमा कार्यालय प्रमुखहरूले जिम्मेवारी लिने कुरा हो’ उहाँले भन्नुभयो ‘अब कोभिडको बिदा पाइँदैन, कार्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरेर पूर्ण रुपमा सञ्चालन हुन्छ ।’

उहाँले कोभिडको बिदा नहुने र कार्यालयहरू पूर्ण रुपमा सञ्चालन हुने बताउनुभयो । सरकारी कार्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन हुने बताउनुभयो । उहाँले स्वास्थ्य मापदण्ड पालना गर्ने, सामाजिक दुरी कायम गरेर भएपनि सरकारी कार्यालय पूर्ण रुपमा सञ्चालन हुने बताउँदै कर्मचारीहरूको उपस्थिति सम्बन्धित कार्यालयले भने गर्ने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा सरकारले कोभिडको बिदा नदिने भएकाले सावधानी अपनाएर कार्यालय पूरै सञ्चालन हुने बताउनुभएको खबर आजको गोरखापत्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?