सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २२, २०७७
|
|
२५ पटक हेरिएको
Shares
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी

सारांश

  • नेकपाका सांसदहरु महेश वस्नेत, कृष्ण कुमार श्रेष्ठ(किसान) र पूर्वआइजीपी सर्वेन्द्र खनालले सांसद डा.
  • सुरेन्द्र यादवलाई जनता समाजवादी पार्टीकै नेताहरुले अपहरण गरेको आरोप लगाएका छन् ।
  • राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गर्दै ती सांसद र पूर्वआइजीले जनता समाजवादी पार्टीका नेता डा.

नेकपाका सांसदहरु महेश वस्नेत, कृष्ण कुमार श्रेष्ठ(किसान) र पूर्वआइजीपी सर्वेन्द्र खनालले सांसद डा.सुरेन्द्र यादवलाई जनता समाजवादी पार्टीकै नेताहरुले अपहरण गरेको आरोप लगाएका छन् । राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गर्दै ती सांसद र पूर्वआइजीले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र आङकाजी शेर्पाले सांसद यादवलाई अपहरण गरेको आरोप लगाएका हुन् ।

नेकपाका सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजीपी सर्वेन्द्र खनालले आयोगमा दिएको उजुरीमा भट्टराई र शेर्पाले शरीर बन्दक बनाएकाले अनुसन्धान तहकिकता गरी कारवाहीका लागि निर्देशन गर्न माग गरेको छ । साथै, उजुरीमा सो विषयमा जनता समाजवादीका सांसदद्वय उमाशंकर अरगरिया र कौशल यादवलाई सत्यतथ्य सबैकुरा जानकारी भएपनि सत्य घटनालाई गुमराहमा राखेको भन्दै उनीहरुमाथि पनि छानविन गर्न निर्देशनको माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?