चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा
सारांश
- बीबीसी।
- चिनियाँ राष्ट्रपति शी जिनपिङ उत्तर कोरिया भ्रमणमा निस्किएका छन्।
- राष्ट्रपति शी उत्तर कोरियाको दुई दिने भ्रमणमा बिहीबार प्रस्थान गरेको बीबीसीले जनाएको छ ।
बीबीसी। चिनियाँ राष्ट्रपति शी जिनपिङ उत्तर कोरिया भ्रमणमा निस्किएका छन्। राष्ट्रपति शी उत्तर कोरियाको दुई दिने भ्रमणमा बिहीबार प्रस्थान गरेको बीबीसीले जनाएको छ । शी जिनपिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच परमाणु निशस्त्रीकरण र आर्थिक विषयमा छलफल हुनसक्ने बताइएको छ। दुई नेताबीचको भेटघाट जापानमा हुने जी–२० सम्मेलनको ठिक पहिला हुँदैछ। जापामा राष्ट्रपति शीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
यसअघि पनि चिनियाँ राष्ट्रपति र उत्तर कोरियालीनेता किम जोङ उनबीच चारपटक भेटवार्ता भइसकेको छ। तर २००५ पछि दुवै राष्ट्राध्यक्षबीच उत्तर कोरियामा यो पहिलो भेटवार्ता हो । २०१२ मा सत्ता सम्हालेपछि राष्ट्रपति शी जिनपिङको यो पहिलो उत्तर कोरियाको भ्रमण हो। यसै वर्षका फेब्रुअरीमा भियतनामको राजधानी हनोईमा किम र ट्रम्पबीच भेटवार्ता भएको थियो। दुवै नेताबीच परमाणु निशस्त्रीकरणको विषयमा सहमति हुने अपेक्षा गरेपनि सहमति बन्न सकेको थिएन ।
परमाणु निसस्त्रीकरणका विषयमा रोकिएको वार्ता राष्ट्रपति शीको भ्रमणमा अघि बढ्ने अनुमान गरिएको छ। उत्तर कोरियाकालागि चीन उसको प्रमुख सहयोगी मुलुक हो। अहिले अन्तर्रा्ष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियाकालागि कुटनीतिक रुपमा चीन निकै महत्वपूर्ण छ ।
किम जोङ उन र शी जिनपिङबीचको भेटवार्ता एक हप्ता अगाडि मात्र तय भएको थियो। अमेरिकास्थित विश्लेषण साइट ३८ नर्थका प्रबन्ध सम्पादक ज्यानी टाउनका अनुसार दुवै देशबीच राजनीतिक समबन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव नजिकै आउँदै गरेका कारण दुई नेताबीचको भेटवार्तालाई आश्चर्यका रुपमा लिनु पर्ने कारण छैन।
यद्यपी जी–२० सम्मेलन भन्दा ठिक पहिला भएको राष्ट्रपति शीको उत्तर कोरिया भ्रणमको केही सांकेतिक अर्थ हुन सक्ने उनले जनाइन्। चीनको मुख्य उद्देश्य उत्तर कोरियाको स्थायित्व आर्थिक सहयोग हो।
यी दुई मुलुक धेरै पहिलादेखि कम्युनिष्ट नेतृत्वका कारण नजिक भएका थिए। यद्यपी चीनले उत्तर कोरियाको परमाणु महत्वाकांक्षाको आलोचना गरेपछि विगत एक दशमका कहिलो काँही सम्बन्धमा तनाव पनि देखिएको थियो। चीनमा प्रकाशित हुने पत्रिका चाइना डेलीले बुधबार लेखेको थियो–दुई नेताबीचको भेटवार्तामा केही मुख्य परियोजनामा सहमति बन्न सक्छ।’
उता उत्तर कोरियाबाट प्रकाशित हुने पत्रिका रोडोङ सिनमुनले पहिलो पृष्ठमा सम्पादकीय लेखेर शी जिनपिङ परमाणु कार्यक्रमको मुद्दामा छलफल गर्न तयार भएको उल्लेख गरेको छ। ‘कोरियाली प्रायद्वीपको विवाद समाधानकालागि स्थायित्व बनाइ राख्न चीन उत्तर कोरियाको समर्थन गर्छ,’ पत्रिकाले लेखेको छ।
ज्यानी टाउन भन्छिन्–उत्तर कोरिया आफ्नो पुरानो मित्र आफू नजिक रहोस भन्ने चाहन्छ।’ उत्तर कोरियाको अर्थव्यवस्था अहिले अन्तर्रा्ष्ट्रिय प्रतिबन्धका कारण समस्यामा छ। चीनसँग उत्तर कोरियाको राम्रो व्यवसायिक समबन्ध छ। तर उत्तर कोरिया र चीनबीचको सम्बन्धलाई बराबरी मान्न सकिँदैन। किनभने चीनलाई उत्तर कोरिया जति आवश्यक छ, त्यो भन्दा कयौं गुणा बढी उत्तर कोरियालाई चीनको आवश्यक छ।
उत्तर कोरिया मामिलाका विश्लेष्क पीटर वार्ड भन्छन्–उत्तर कोरियाको अधिकांश निर्यात चीनबाट हुन्छ।’ पारम्परिक रुपमा पनि चीन उत्तर कोरियाको कारखानाबाट निर्मित धेरै सामान आयात गर्छ। तर अन्र्तराष्ट्रिय प्रतिबन्धका कारण अहिले यो व्यापार अवरुद्ध भएको छ।
पीटर वार्ड भन्छन्–चीन संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध अन्त्य गरोस भन्ने चाहन्छ। चीन के चाहन्छ भने उत्तर कोरियाको अर्थ व्यवस्था राम्रो होस र उसलाई व्यालेस्टिक मिसाइल या परमाणु हतियार परीक्षणको आवश्यकता महसुस नहोस्।’ संयुक्त राष्ट्रले प्रतिबन्ध नहटाएपनि चीनले धेरै दवाब दिन सक्ने अवस्था भने छैन।
कोरियाली नेशनल डिप्लोम्याटिक एकेडेमीका प्रोफेसर किम ह्युन वुकले समाचार एजेन्सी रोयटर्ससँग भने–चीन आर्थिक सहयोगबाट उत्तर कोरियामाथि लागेको प्रतिबन्ध कम गर्न सक्छ, ताकि किम जोङ उन ट्रम्पलाई लिएर आफ्नो कमजोर स्थितिका कारण नकारात्मक नबनुन्।’
यो पनि पढ्नुस्
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार चीनको केन्द्रीय सैन्य परिषद्का सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सो अवसरमा प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत प्रदान भएको १५ करोड युआन बराबरका सामग्री, उद्धार सामग्री तथा विभिन्न प्रकारका सवारी साधनहरू प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर गरे ।
प्रधानसेनापति थापाले बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै ग्रेटवाललगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमणसमेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा यही असार १ गतेदेखि सप्ताहव्यापी चीन भ्रमणमा रहेका प्रधानसेनापति थापा असार ७ गते स्वदेश फर्कने कार्यक्रम छ।
प्रतिक्रिया