नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
सारांश
- काठमाडौं ।
- नेकपा एमालेका नेता बिष्णु रिमालले भुटानी शरणार्थी मुद्धाका दोषीहरुले उन्मुक्ति पाउन नहुने नहुने बताएका छन ।
- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भईरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो ।
काठमाडौं । नेकपा एमालेका नेता बिष्णु रिमालले भुटानी शरणार्थी मुद्धाका दोषीहरुले उन्मुक्ति पाउन नहुने नहुने बताएका छन । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भईरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो ।
‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन, कोही दोषी नउम्किउन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘छानबीन हुनुपर्छ, छानबीनमा सबैले सहयोग गर्नुपर्छ।यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया