विवादमा ठमेल र दरबारमार्गका डिएसपी, एसएसपी धानुकले दिए चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
४३ पटक हेरिएको
Shares
विवादमा ठमेल र दरबारमार्गका डिएसपी, एसएसपी धानुकले दिए चेतावनी

सारांश

  • काठमाडौं ।
  • महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले आफू मातहत प्रहरी युनिटका ईन्चार्जको सातो लिएका छन् ।
  • गैर कानुनी क्रियाकलाप गरे, लेनदेनका मुद्दा हेरे, सेवा ग्राहीलाई अनावश्यक दुःख दिएमा र कतैबाट आर्थिक लाभ लिएमा कडा कारवाहीको भागिदार हुनुपर्ने भन्दै सातो लिएका हुन् ।

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले आफू मातहत प्रहरी युनिटका ईन्चार्जको सातो लिएका छन् । गैर कानुनी क्रियाकलाप गरे, लेनदेनका मुद्दा हेरे, सेवा ग्राहीलाई अनावश्यक दुःख दिएमा र कतैबाट आर्थिक लाभ लिएमा कडा कारवाहीको भागिदार हुनुपर्ने भन्दै सातो लिएका हुन् ।

परिसरको कमाण्ड सम्हाले लगत्तै मातहतलाई ब्रिफिङ गर्दै उनले बृत्तका डिएसपीलाई सुझाएका हुन् । आक्रमक शैलीमा प्रस्तुत भएका एसएसपी धानुकले बृत्तका डिएसपीलाई जो सुकैको पावरमा आएको भएपनि गल्ती गरे कारवाहीबाट जोगिने ठाँउ नभएको चेतावनी समेत दिई सकेका छन् । आजको जनप्रहार साप्ताहिकमा समाचार छ ।

तत्कालीन समयमा एसपी रमेश खरेलको पालामा बन्द भएको लाइन खाने काठमाडौं प्रहरीको प्रचलन बिस्तारै शुरू भएको छ । रात्रीकालिन व्यावसाय देखि होटल र क्यासिनोबाट तत्कालिन समयमा बृत्त र प्रभागका ईञ्र्चाजले मासिक खाँदै आएका थिए । त्यो प्रचलन रमेश खरेलको आगमनसँगै बन्द भएको थियो । तर यहिले तीन बर्ष यता फेरि सुरू भएको चर्चा प्रहरी भित्रै छ । एसएसपी धानुकले कसैले कुनै व्यापारीसँग लाईन मिलाएर आर्थिक लाभ लिने जमाना गएको बताए । आफू मातहत कुनै प्रहरीले यस्तो हर्कत गरेको पाईएका कठा कारबाही गर्ने बताए ।

काठमाडौं अवसर भन्दा चुनौती बढी भएको क्षेत्रका रूपमा चिनिन्छ । राष्ट्रदेखि अन्तर्राष्ट्रिय आपराधिक गिरोहको सञ्जाल समेत काठमाडौंमा जोडिएको छ । त्यसलाई चिर्न सक्नु नै काठमाडौं प्रहरीको सफलता मानिन्छ । प्रहरी ईन्चार्जको सरूवासँगै आफू अनुकुल नियम बनाउँने परिपाटीले व्यापारीसमेत मारमा पर्दै आएका छन् । प्रायः रात्रीकालिन व्यसायीमा आश्रितहरूको लागि प्रहरी ईञ्चार्जको सरूवाले पिरोल्ने गर्ने गरेको व्यापारीहरू बताउँछन् ।

रात्रिकालीन व्यापार रहेको राजधानीको मुटु ठमेल र दरबारमार्ग क्षेत्रमा प्रहरीका दुई वृत्त छन् । जसको कमाण्ड भिन्नाभिन्नै डीएसपीले सम्हाल्दै आएका छन् । ठमेलको केही भाग दरबारमार्ग बृत्तको क्षेत्रमा पर्छ । तर एढटा ठमेलमा दुई वटा नियम कानुन छ । दरबारमार्ग बृत्तका डिएसपी तिलक भारतीले आफ्नो क्षेत्रमा डान्सबारलाई १२ बजे र डिस्कोलाई दुई बजेसम्म खुल्न दिएका छन् ।

उता लैनचौर बृत्तका डिएसपी दिपक पोखरेलले पहिलाकै नियमलाई यथावत राख्दै डिस्को थेकलाई ४ र डान्सबारहरू दुई बजेसम्म नै सञ्चालन गर्न दिएका छन् । एउटै ठमेलमा कुनै बार १२ बजे नै बन्द गर्नु पर्ने कुनै दुई बजेसम्म खुल्ला रहने परिपाटीका कारण १२ बजे बन्द गर्नु पर्ने व्यापारीहरू मारमा परेको बताउँछन् । रेष्टुरेन्टको स्थलगत निरक्षण पश्चात मात्र समय बढाउने डिएसपी भारतीले उनका क्षेत्रका व्यापरीलाई जानकारी गराएको एक व्यापरीले बताए । तर दरबारमार्ग क्षेत्रमा रहेका केही डिस्को भने बिहान चार बजेसम्म सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो
गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो
फरार अभियुक्त १६ वर्षपछि पक्राउ
फरार अभियुक्त १६ वर्षपछि पक्राउ
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
इन्स्टाग्राममा एउटा सामाग्री पोस्ट गरेको कति करोड लिन्छन् प्रियंका र विराट?
इन्स्टाग्राममा एउटा सामाग्री पोस्ट गरेको कति करोड लिन्छन् प्रियंका र विराट?
१९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
१९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
गौर घटना छानबिनको ‘निसानामा उपेन्द्र यादव’
गौर घटना छानबिनको ‘निसानामा उपेन्द्र यादव’
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य
आज प्रतिनिधि सभाको बैठक बस्दै
आज प्रतिनिधि सभाको बैठक बस्दै
खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा दास नियुक्त
खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा दास नियुक्त