पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’ (भिडियोसहित)
सारांश
- काठमाडौं ।
- सांगीतिक कोसेली पानीजहाज देखि चर्चामा आएकी गायिका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली ‘नमुना जोडी’ सार्वजनिक गरेकी छिन् ।
- बिन्ध्यबासिनी म्यूजिकले बजार व्यवस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फिल्म्सले गरेको छ ।
काठमाडौं । सांगीतिक कोसेली पानीजहाज देखि चर्चामा आएकी गायिका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली ‘नमुना जोडी’ सार्वजनिक गरेकी छिन् । बिन्ध्यबासिनी म्यूजिकले बजार व्यवस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फिल्म्सले गरेको छ ।
जुन भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन् । आफ्नो जोडीलाई नमुना जोडी बनाउ भन्दै माया र विश्वासका शब्दहरुले भरिएको तीज कोशेली दर्शकको माझमा आएको छ ।
बुटवलकै कलाकार राज केसी, मिनुज़ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा सगुन शर्माको श्रीगांर रहेको छ । बुटवलको चर्चित अम्रपालिमा छायांकन भएको भिडियो ले दर्शकको मन जित्ने निर्माण पक्ष बताउँछ ।
राजेन्द्र भण्डारीको शब्द, पुरुषोतम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुषोत्तम गैरेको स्वर रहेको छ । आजै मात्रै सार्वजनिक भएको ‘नमुना जोडी’ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
(Xanax)
प्रतिक्रिया