ओलीको सुरक्षा कटौती गरेर सरकारले गम्भीर त्रुटी गर्‍याे : महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
२४ पटक हेरिएको
Shares
ओलीको सुरक्षा कटौती गरेर सरकारले गम्भीर त्रुटी गर्‍याे : महेश बस्नेत

सारांश

  • काठमाडौं।
  • नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा कटौती गरेर सरकारले गम्भीर त्रुटी गरेको बताएका छन् ।
  • पूर्व विशिष्टहरुको सुरक्षा व्यवस्था गर्नु सरकारको कानूनी र नैतिक दायित्व रहेको उनको भनाइ छ ।

काठमाडौं। नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा कटौती गरेर सरकारले गम्भीर त्रुटी गरेको बताएका छन् । पूर्व विशिष्टहरुको सुरक्षा व्यवस्था गर्नु सरकारको कानूनी र नैतिक दायित्व रहेको उनको भनाइ छ ।

उनले वर्तमान सरकार दायित्वबाट भागेको आरोप लगाएका छन् । नेता बस्नेतले एमाले आफ्नो अध्यक्षको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको पनि उल्लेख गरेका छन् ।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा कटौती सरकारको गम्भीर त्रुटी हो। सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सुरक्षा कटौती गरेको खबर गम्भीर विषय हो। पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था गर्नु संसारको सबै सरकारको कानुनी र नैतिक दायित्व हो।

यो दायित्वबाट सरकार भागेको अवस्थामा, हामी हाम्रो आदरणीय अध्यक्षको सुरक्षा सुनिश्चित गर्न सक्षम छौँ भन्ने कुरा सबैलाई अवगत गराउन चाहन्छौं,’– उनले भनेका छन् ।

सरकारले मापदण्डभन्दा बढी सुरक्षा लिएका पूर्व प्रधानमन्त्रीहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो । गृहमन्त्रीस्तरीय निर्णयबाट ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी सरकारले फिर्ता गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए
बृद्ध भत्ता दिने तिनै मन्त्री थिए जसले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रम ल्याए
पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ
पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ
रुसलाई च्यालेन्ज दिन अमेरिकाद्वारा लडाकु विमान परिचालन
रुसलाई च्यालेन्ज दिन अमेरिकाद्वारा लडाकु विमान परिचालन
गण्डकी प्रदेश सरकारको वर्षदिन :कानून निर्माणमा उपलव्धि
गण्डकी प्रदेश सरकारको वर्षदिन :कानून निर्माणमा उपलव्धि
सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै
सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै
चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक
चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते
चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास
हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास

तपाईंले छुटाउनुभयो कि?