साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २९, २०७९
|
|
४१ पटक हेरिएको
Shares
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न

सारांश

  • काठमाडौं ।
  • साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफनो ६० औं स्थापना दिवस मनाएको छ ।
  • कर्पोरेशनले सोमबार कालिमाटी स्थित आफनो केन्द्रिय कार्यालय परिसरमा एक समारोहको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

काठमाडौं । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफनो ६० औं स्थापना दिवस मनाएको छ । कर्पोरेशनले सोमबार कालिमाटी स्थित आफनो केन्द्रिय कार्यालय परिसरमा एक समारोहको आयोजना गरि स्थापना दिवस मनाएको हो । समारोह कार्यक्रम कर्पोरेशनका संचालक समितिका सदस्य एवम् नेपाल सरकारका सहसचिव डा। नारायण प्रसाद रेग्मीको सभापतित्वमा भएको थियो ।

सो अवसरमा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले स्वागत मन्तव्य राख्नेक्रममा कार्यक्रममा उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नुहुँदै कर्पोरेशनले आम उपभोक्ताहरुको हितलाई केन्द्रमा राख्दै व्यवसायिक क्रीयाकलाप गर्दै आएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्पोरेशनले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउदै गराउने लक्ष्य लिई आफनो सेवा सेवा प्रारम्भ गरेको ५९ बर्ष पुरा गरेको बताउनुहुँदै उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको र भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो ‘कर्पोरेशनले आफनो प्रतिबद्धता अनुसार आम जनतालाई सुपथ एवम् सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरुको उपलब्धतालाई निरन्तरता प्रदान गरिने छ । कर्पोरेशनले आपुर्ति र वितरणको क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्दै बिषम परिस्थितीका बाबजुद पनि आम उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको छ भने भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उहाँले कर्पोरेशनले आयोडिनयुक्त नुन र अन्य दैनिक उपभोग्य एवम अत्यावश्यकिय वस्तुहरुको बिक्री वितरण, अनुदानित र गैर अनुदानित मलको आपुर्ति गर्दै आईरहेको प्रसंग उल्लेख गर्नुहुँदै निकट भविष्यमा आफनै कारखानाबाट तोरीको तेल उत्पादन गर्न गईरहेको जानकारी समेत दिनुभयो । साथै उहाँले कर्पोरेशनका पूर्व अध्यक्ष लक्ष्मीदास मानन्धरको निधनले कर्पोरेशन परिवार मर्माहत तुल्याएको उल्लेख गर्नुहुँदै उहाँको योगदानको स्मरण गर्दै सकृय जीवन बारे चर्चा समेत गर्नुभएको थियो ।

कार्यक्रम माझ प्रमुख अतिथिका रुपमा आमन्त्रित उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले आफु बाढीपहिरोको प्रकोपका कारण गृह जिल्लामा रहेको र मौसम प्रतिकुल रहेसँगै कर्पोरेशनको वार्षिकोत्सव समारोहमा उपस्थिती हुन नसकेको व्यहोरासहितको पत्र र शुभकामना सन्देश कार्यक्रमका सभापति डा। नारायण रेग्मीले पढेर सुनाउनु भएको थियो । जसमा मन्त्री बडुले कर्पोरेशनले लोककल्याणकारी कार्यमा अग्रसर रहदै र उद्योग व्यापार मार्फत देशको आर्थिक क्रान्तिमा महत्वपूर्ण योगदान पुर्याउदै आएको उल्लेख गर्नुभएको थियो । साथै प्रेषित पत्र मार्फत मन्त्री बडुले कर्पोरेशनले व्यापारमा विविधिकरण गर्दै आम उपभोक्ताको सेवामा समर्पित भएर लाग्दै आएकोमा प्रशंसा समेत गर्नुहुँदै ६० औं बर्षमा प्रवेश गरेकामा शुभकामना व्यक्त गर्नुभयो ।

ततपस्चात समारोह माझ बोल्नुहुँदै साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवालीले साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड व्यवस्थापन समक्ष करारमा कार्यरत केही कर्मचारीहरुलाई स्थायी गर्न आग्रह गर्दै कर्पोरेशनको गेट भित्र छिरिसकेपछि सबैमा अपनत्वबोध हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै कर्पोरेशनका संचालक समितिका सदस्य एवम् नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव डा। नारायण प्रसाद रेग्मीको साल्ट ट्रेडिङले बजार प्रणालीलाई चुस्त राख्न सरकारलाई समेत सघाउदै आएको उल्लेख गर्नुहुँदै मन्त्रालयले आवश्यक परेको खण्डमा अझ थप दायित्व पनि सुम्पने बताउनु भयो ।

साथै उहाँले सरकारको निर्देशनलाई वस्तुनिष्ठ तबरले पालना गर्दै आएको भन्दै कर्पोरेशनको प्रशंसा गर्नुहुँदै व्यवस्थापनले आधुनिकिकरण, डिजिटलाईजेसन जस्ता बिषयलाई अझ प्राथमिकता दिदै व्यवसाय बिस्तारको नीतिलाई सेमेटदै अघि बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सोही अवसर माझ लक्ष्मीदास मानन्धर इटहरी स्थित निसहाय बालगृहलाई ताम्रपत्र सहित ७५ हजार राशीको बाल हितकारी पुरस्कारबाट सम्मान गरिएको थियो ।

सम्मान ग्रहण गर्दै संस्थाको तर्फबाट संस्थापक गीता गौतमले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा संस्थाले हालसम्म ३५ जना छोरीहरु अन्माईसकेको र कयौ बालबालिकाहरु हुर्केर उच्च शिक्षाका लागि विदेश गएको जानकारी दिनुहुँदै कर्पोरेशनबाट सम्मानित हुन पाएकोमा गर्व महशुस भएको बताउनुभयो ।

त्यस्तै कर्पोरेशनले यस बर्षका लागि जनही रु ३० हजार राशीको हेम बहादुर मल्ल उत्कृष्ट कर्मचारी पुरस्कारबाट अधिकृतस्तरतर्फ बिष्णु प्रसाद न्यौपाने, नन अधिकृत स्तरतर्फ तेज बहादुर कार्की र स्तरविहिन तर्फ राधेश्याम खडकालाई
सम्मानित गर्‍यो ।

त्यस्तै जनही ३५ हजार राशीको ईश्वर लाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कारबाट विभागिय प्रबन्धक सबल रिजाल
र सहायक स्तरमा काजी बहादुर पराजुली र सवारी चालक मङ्ल बहादुर लामालाई पुरस्कृत गरियो ।

कर्पोरेशन अन्तर्गत कार्यरत कर्मचारीका छोरा छोरीहरु मध्ये गएको एसईई परिक्षामा सर्वोकृष्ट नतिजा पस्कन सफल तेज बहादुर कुवरका छोरा पर्सव कुवर र कृष्ण कुमार आचार्यकी छोरी तेजस्वी आचार्यलाई क्रमशस् अनङमान शेरचन र लोकनाथ जोशी छात्रब्रित्ती प्रदान गरियो । उहाँहरुलाई २ बर्षसम्म मासिक ३ हजारका दरले छात्र ब्रित्ती प्रदान गरिएको हो ।
सोही अवसर माझ कर्पोरेशनमा २० बर्ष सेवा अवधि पुरा गरेका माया बिमली र सन्तोष सिग्देललाई दिर्घसेवा पदकबाट सम्मानित गरिएको थियो भने उपत्यका बाहिरकालाई तततत कार्यालय मार्फत प्रदान गरिएको जानकारी गराईएको थियो ।

कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्य, सेयरधनी, पूर्व सचिव, उपभोक्ता अधिकारकर्मी, कर्पोरेशनका कर्मचारी परिवार, डिलर। पत्रकार लगायतका शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।

(https://firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका भ्रमण सफल भएको छ – परराष्ट्रमन्त्री ज्ञवाली
अमेरिका भ्रमण सफल भएको छ – परराष्ट्रमन्त्री ज्ञवाली
मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?-नेता रामचन्द्र पौडेल
मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?-नेता रामचन्द्र पौडेल
काठमाडौं ५ को १ (क) मा रामहरी अधिकारी उम्मेद्धार, यस्ता छन् चुनावी एजेण्डा
काठमाडौं ५ को १ (क) मा रामहरी अधिकारी उम्मेद्धार, यस्ता छन् चुनावी एजेण्डा
प्रधानमन्त्री ओलीले आयोगको कार्यक्रम बहिस्कार गर्छु भनेपछि…
प्रधानमन्त्री ओलीले आयोगको कार्यक्रम बहिस्कार गर्छु भनेपछि…
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने खतरा : मन्त्री बाँस्कोटा
वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने खतरा : मन्त्री बाँस्कोटा
पुलबाट बस खस्दा च्यापिएर २ को मृत्यु, २ महिलालाई खोलाले बगायो
पुलबाट बस खस्दा च्यापिएर २ को मृत्यु, २ महिलालाई खोलाले बगायो
सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त गरी ‘डिपोर्ट’ गर्न सर्वोच्चको आदेश
सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त गरी ‘डिपोर्ट’ गर्न सर्वोच्चको आदेश
‘मेरो पैसा खै’ मा बर्षा शिवाकोटीले स्क्रिप्ट नदिएपछि अभिनय नगर्ने
‘मेरो पैसा खै’ मा बर्षा शिवाकोटीले स्क्रिप्ट नदिएपछि अभिनय नगर्ने