माघ १९ गते सोमवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १९, २०७७
|
|
२९ पटक हेरिएको
Shares
माघ १९ गते सोमवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।
  • सवारी साधनको खरिद बिक्री हुने योग छ ।
  • दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मान सम्मान पाइनसक्छ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । कुटुम्बको सहयोग पनि मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि हुन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भाईनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

(https://flucamp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो चरणको निर्वाचन तयारी पूरा :  कांग्रेस
पहिलो चरणको निर्वाचन तयारी पूरा : कांग्रेस
विप्लव समूह राजनीतिक हो कि आपराधिक भन्नेमै प्रधानमन्त्री निरुत्तरित !
विप्लव समूह राजनीतिक हो कि आपराधिक भन्नेमै प्रधानमन्त्री निरुत्तरित !
प्रधानमन्त्री ओलीको मृगौला पूनः फेर्न सकिने !
प्रधानमन्त्री ओलीको मृगौला पूनः फेर्न सकिने !
कमैयालाई जमिन्दारबाट मुक्त गराएर वगरमा लगेर राखिएको छ : सांसद पौडेल
कमैयालाई जमिन्दारबाट मुक्त गराएर वगरमा लगेर राखिएको छ : सांसद पौडेल
मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
क्यानडालाई पराजित गर्दै स्वीडेन विश्वकपको क्वाटरफाइनलमा
क्यानडालाई पराजित गर्दै स्वीडेन विश्वकपको क्वाटरफाइनलमा
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम:७० गाउँपालिकाहरुलाई एम्बुलेन्स
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम:७० गाउँपालिकाहरुलाई एम्बुलेन्स
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
टिचिङ अस्पताल परिसरभित्रै आत्महत्या गरेपछि…
टिचिङ अस्पताल परिसरभित्रै आत्महत्या गरेपछि…

तपाईंले छुटाउनुभयो कि?