क्यानडालाई पराजित गर्दै स्वीडेन विश्वकपको क्वाटरफाइनलमा
सारांश
- एजेन्सी ।
- क्यानडालाई पराजित गर्दै स्वीडेन फिफा महिला विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।
- सोमबार राति फ्रान्सको पेरिसमा भएको खेलमा स्वीडेनले क्यानडालाई १–० ले हरायो ।
एजेन्सी । क्यानडालाई पराजित गर्दै स्वीडेन फिफा महिला विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । सोमबार राति फ्रान्सको पेरिसमा भएको खेलमा स्वीडेनले क्यानडालाई १–० ले हरायो ।स्टिना ब्ल्याकस्टेनसको दोस्रो हाफको गोल निर्णायक बन्दा स्वीडेन विजयी भयो । स्टेनसले खेलको ५५औं मिनेटमा गोल गरेकी थिइन् । क्वार्टर फाइनलमा स्वीडेनले जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनीले नाइजेरियालाई हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो ।
यो पनि पढ्नुहोस्
कोपा अमेरिकाः समूह विजेता बन्दै उरुग्वे क्वाटरफाइनलमा
एजेन्सी । उरुग्वे समूह विजेता बन्दै ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा पुगेको हो ।उरुग्वेलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा काभानीले निर्णायक गोल गरेका हुन् । जितसंगै समूह सी को उरुग्वे समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो । उरुग्वेले ३ खेलमा ७ अंक जोड्यो ।
साविकको विजेता समेत रहेको चिली भने दोस्रो स्थानमा रहेर क्वाटरफाइनल पुगेको छ । चिलीले समूह चरणमा ६ अंक जोड्यो । अब उरुग्वेले क्वाटरफाइनलमा पेरुसंग खेल्नेछ । चिलीले भने कोलम्बियाको सामना गर्नेछ । यस्तै समूह सी अन्तर्गतकै अर्को खेलमा इक्वेडर र जापान १–१ गोलको बराबरी खेलेका छन्।
प्रतिक्रिया